Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग राजेन्द्र लिङ्देनसहित सातै जनालाई छाडियो राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड

चितवन राष्ट्रिय निकुञ्ज भित्र ढुंगा-गिट्टीको चलखेल, छानबिन गर्न टोलि गठन

admin

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा वन तथा वातावरण मन्त्रालयले छानबिन गर्ने भएको छ । त्यहा का  चिफ वार्डेन  अणनाथ बराल माथि विभिन्न प्रश्न उठे पछि छानबिन हुने भएको छ।  निकुञ्जभित्रको मध्यवर्ती क्षेत्रमा ढुंगा, गिट्टी र बालुवामा भएको ठेक्का, निकुञ्ज–नेपाली सेनाबीच देखिएको समस्या र बाघको आक्रमणमा परी महिलाको ज्यान गएपछि सौराहा सेक्टर कार्यालयमा भएको तोडफोडको घटनाबारे छानबिन गर्न मन्त्रालयको टोली आइतबार चितवन रास्ट्रिय निकुञ्ज जाने भएको छ। टोलीमा मन्त्रालयका कानुन उपसचिव रामजी दनाई, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका योजना प्रमुख उपसचिव वेदकुमार ढकाल, नेपाली सेनाका महासेनानी (कर्णेल) अच्युतम भण्डारी र विभागका अधिकृत नुरेन्द्र अर्याल सदस्य छन् । ‘टोलीलाई स्थलगत अध्ययनमा गएको मितिले १५ दिनभित्र प्रतिवेदन दिन भनिएको छ | निकुञ्जको स्थलगत अध्ययनमा जानुअघि टोलीका संयोजक पौडेलले सबै सदस्यलाई बोलाएर मन्त्रालयले दिएको कार्यादेशबारे छलफल गरेका छन् । पक्षपात नगरी यथार्थ विवरण बाहिर ल्याउनु आफूहरूको दायित्व रहेको उनको भनाइ छ ।

निकुञ्जका चिफ वार्डेन बरालमाथि मध्यवर्ती क्षेत्रको गिट्टी, ढुंगा, बालुवाको ठेक्कामा ‘चलखेल’ गरेको आरोप लागेको छ । उनले पुर्व प्रधानमन्त्री के पी ओलीको नाम लिएर मान्छेहरु लाइ धम्क्याउने र काम हरु सहज रुपमा नगरिदिने आरोप पनि लागेको छ। जानकारी अनुसार उनले पुर्व प्रधानमन्त्री के पी ओली काइ नामको आडमा गिट्टी, ढुंगा, बालुवाको ठेक्कामा चलखेल गर्दै आएका छन्। मन्त्रालयले गत वर्ष साउनमा बराललाई बर्दिया निकुञ्जबाट चितवन निकुञ्जको चिफ वार्डेनमा सरुवा गरेको थियो । बरालले भने गिट्टी, ढुंगा, बालुवाको ठेक्कालगायतका मध्यवर्ती क्षेत्रका गतिविधिमा सम्बन्धित मध्यवर्ती क्षेत्र उपभोक्ता समितिसँगसमेत समन्वय गरिने भएकाले आफूमाथि लगाइएको आरोपको कुनै तुक नभएको जिकिर गरे ।

असार दोस्रो साता भएको भर्चुअल वार्डेन सेमिनारमा निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) अणनाथ बरालले सेनाले समन्वय नगरेको आरोप लगाएका थिए । उक्त अभिव्यक्तिमा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु निर्देशनालयले आपत्ति जनाएपछि निकुञ्ज विभाग र मन्त्रालयले चासो देखाएका थिए । सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु निर्देशनालयका निर्देशक सहायक रथी (जर्नेल) हिमांशु खड्काले चिफ वार्डेन बरालले नै समन्वय गर्न नचाहेको भन्दै खण्डन गरेका थिए । बराल यसअघि ढोरपाटन सिकार आरक्षमा प्रमुुख हुँदा पनि विवादमा परेका थिए । त्यतिबेला उनलाई निकुञ्ज विभागका तत्कालीन महानिर्देशक मनबहादुर खड्काले १५ दिन विभागमै तानेर अनुसन्धानका लागि विभागीय टोली पठाएका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको