भारतमा एकैदिन थपिए ३९ हजार कोरोना संक्रमित, ३५ हजार निको

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घटबढ भइरहेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घटिरहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ सय ३६ जनाको मृत्यु भएको छ । यसअघि भारतमा एकैदिन ५ सय १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख २० हजार ३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३९ हजार ४४१ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि एकैदिन ४१ हजार ६९७ जना कोरोना संक्रमित थपिएका थिए ।

यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड १३ लाख ३१ हजार १४५ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा यहाँ ३५ हजार ३८ कोरोना संक्रमित निको भएका छन् । हालसम्म ३ करोड ४ लाख ९५ हजार ३ सय ५२ कोरोना संक्रमित निको भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *