Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित

बुद्ध नेपालमा जन्मेको सन्देश दिन टुडिखेलमा हजारौको सहभागी, भारतले बनाएको किर्तिमान तोडिन्छ त ?

admin

राजधानीको टुँडिखेलमा शनिबार आयोजित धम्मपद (बुद्ध वचन) वाचन कार्यक्रममा हजारौँको संख्या सर्वसाधारण सहभागी भएका छन् । बुद्धवचनलाई एकैपटक वाचन गरी विश्व कीर्तिमान कायम गराउन आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल ,कलाकार,विद्यार्थी विभिन्न पेशामा आवद्धमा थुप्रै व्यक्तित्वहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमबाट विश्व किर्तिमान बनाउनका साथै बौद्ध दर्शन अन्तर्राष्ट्रिय रुपमा फैलाउने उद्देश्यले ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने पहल शुरु गरिएको आयोजकहरुले बताएका छन् । एउटा ठाउँमा धेरै मानिसहरु जम्मा भएर वाचन गरेको किर्तिमान यसअघि भारतको नाममा रहेको छ ।

यसअघि भारतमा आर्ट अफ लिभिङ फाउन्डेसनले ४६ हजार ६६० जनालाई राखेर कविता पढेर यो किर्तिमान बनाएको थियो । आयोजकहरुले आजको कार्यक्रममा ७० हजारभन्दा बढी सहभागी भएको दाबी गरेका छन् ।

तर, यसलाई गिनिज बुक अफ वल्र्ड रेकर्डले मान्यता दिइसकेको छैन । यसले नयाँ विश्वकिर्तिमान बनाउँछ कि बनाउँदैन भन्ने हेर्न बाँकी रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको