Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो) प्रतिनिधिसभा बैठक बस्दै तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

बुद्ध नेपालमा जन्मेको सन्देश दिन टुडिखेलमा हजारौको सहभागी, भारतले बनाएको किर्तिमान तोडिन्छ त ?

admin

राजधानीको टुँडिखेलमा शनिबार आयोजित धम्मपद (बुद्ध वचन) वाचन कार्यक्रममा हजारौँको संख्या सर्वसाधारण सहभागी भएका छन् । बुद्धवचनलाई एकैपटक वाचन गरी विश्व कीर्तिमान कायम गराउन आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल ,कलाकार,विद्यार्थी विभिन्न पेशामा आवद्धमा थुप्रै व्यक्तित्वहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमबाट विश्व किर्तिमान बनाउनका साथै बौद्ध दर्शन अन्तर्राष्ट्रिय रुपमा फैलाउने उद्देश्यले ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने पहल शुरु गरिएको आयोजकहरुले बताएका छन् । एउटा ठाउँमा धेरै मानिसहरु जम्मा भएर वाचन गरेको किर्तिमान यसअघि भारतको नाममा रहेको छ ।

यसअघि भारतमा आर्ट अफ लिभिङ फाउन्डेसनले ४६ हजार ६६० जनालाई राखेर कविता पढेर यो किर्तिमान बनाएको थियो । आयोजकहरुले आजको कार्यक्रममा ७० हजारभन्दा बढी सहभागी भएको दाबी गरेका छन् ।

तर, यसलाई गिनिज बुक अफ वल्र्ड रेकर्डले मान्यता दिइसकेको छैन । यसले नयाँ विश्वकिर्तिमान बनाउँछ कि बनाउँदैन भन्ने हेर्न बाँकी रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको