Logo
22 Apr 2025    ९ बैशाख २०८२, मंगलवार

ताजा खबर

प्लाष्टिकजन्य फोहर नबाल्न काठमाडौं महानगरको आग्रह प्रख्यात दार्शनिक, वेदान्त विद्वान तथा लेखक आचार्य प्रशान्त भोपालमा मञ्जु थापा र सागर आलेको स्वरमा ‘सोल्टिनी तिम्रै माया लाग्छ’(भिडियो) नेपाल आइपुगे विश्वकप विजेता रोबर्टो कार्लोस कक्षा १२ को परीक्षा नसर्ने खुम्बुमा एकै दिन सात सय पर्यटकको आगमन

कोरोना संक्रमित बढेपछि अष्ट्रेलियाको सिड्नीमा संकटकाल

admin

अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएपछि त्यसको रोकथाम तथा न्यूनिकरण गर्नका लागि शुक्रबार संकटकाल घोषणा गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् । केन्द्रीय राजधानी समेत पर्ने न्यु साउथ वेल्स प्रदेश सरकारले महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै सङ्क्रमण पुष्टि भएपछि संकटकाल लगाउने निर्णय गरेको हो ।

प्रदेश सरकारका अनुसार पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने १३६ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो सङ्ख्या अहिलेसम्मकै धेरै भएको बताइएको छ । प्रदेश मुख्यमन्त्री ज्लाडीस बेरेजिक्लीयनले प्रदेश भित्रका सवैलाई खोपको व्यवस्थापन गर्न आग्रह गरेका छन् । राजधानी सिड्नीमा एक महिना अगाडिदेखि लकडाउन जारी रहेको छ । लकडाउन हुदाँ हुदै पनि महामारी कम नभएपछि संकटकाल लगाउनु परेको जनाइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको