Logo
26 Apr 2025    १३ बैशाख २०८२, शनिबार

ताजा खबर

सुदीप न्यौपानेको हत्याको विरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा आठ जनाको मृत्यु ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध आन्दोलनरत शिक्षकलाई नवनियुक्त शिक्षा मन्त्रीले बोलाए वार्तामा राजधानीबाट पाँच बंगलादेशी नागरिक पक्राउ

मन्त्रि बाडफाड को कुरा ले आतंकित भएको छु : प्रचण्ड

admin

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र मन्त्रीको आकांक्षी धेरै हुँदा आफू दबाबमा परेको बताएका छन् ।शनिबार माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित नरबहादुर कर्माचार्यको ८ औं स्मृति सभामा बोल्दै प्रचण्डले सरकार विस्तारलाई लिएर आफू चिन्ता र तनावमा रहेको बताएका हुन् । म त मन्त्री बन्न दबाब दिने मान्छेको हुलभित्रबाट आएको छु’ उनले आफ्नो मन्तव्यको शुरुतिरै भने, ‘आतंक छ, मेरो दिमागमा कल्लाई मन्त्री बनाउने कसलाई नबनाउने ?’ पार्टीभित्रका ४९ जना सांसद सबैलाई मन्त्री चाँहिएको भन्दै उनले पद र अवसर नपाए नेतृत्वलाई गाली गर्ने प्रवृत्ति बढेको गुनासो गरे । पार्टीका धैरै नेताहरु आकांक्षी भएपछि प्रचण्डले आफूलाई अप्ठ्यारो परेको र माओवादीले धेरैमा ७ जना मन्त्री पाउने बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको