Logo
27 Mar 2025    १३ चैत्र २०८१, बिहीबार

ताजा खबर

वस्तु बिक्रीमा ‘एमआरपी’ उल्लेख नभए विक्रेतालाई कारबाही प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी

लायन्स बुटवलको सिग्नेचर कार्यक्रममा महको हस्ताक्षर पुस्तक सहित यमन र सन्देशको प्रहसन

admin

लायन्स क्लब अफ बुटवल सयपत्रीले “सयपत्री लायन्स कल्चरल नाइट विथ मह सिग्नेचर प्रोग्राम” सम्पन्न गरेको छ । कार्यक्रममा क्लबका अध्यक्ष लायन्सका सबनम श्रेष्ठले अध्यक्षता गरेका थिए भने मह जोडीको उपस्थितिमा कार्यक्रम भब्यताका साथ सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख प्रदेश नं ५ का उपसभामुख कृष्ण थारु एवं चर्चित हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य रहेका थिए भने विशेष अतिथीमा लायन्स क्लबका सुनिल ओझा ,महेन्द्र नारायण श्रेष्ठ, अरुण प्रताप राणा,योगेन्द्र प्रधानका साथै लोकप्रिय हास्य श्रृंखला खासखुसका कलाकारद्वय यमन श्रेष्ठ र सन्देश लामिछाने, बटारेको उपस्थिति रहेको थियो ।

कलाकार यमन र सन्देशको प्रहसनले कार्यक्रमको रौनकता बढाएको थियो । समय सान्दर्भिक विषय माथी मनोरन्जनात्मक ढंगले आफ्नो प्रस्तुती दिएका थिए । पछिल्लो पटक थुप्रै महोत्सव तथा कार्यक्रमहरुमा व्यस्त हुन थालेका यमन र सन्देशको जोडीलाई निकै रुचाइएको पाइन्छ । उक्त कार्यक्रममा महजोडीले आफ्नो सिग्नेचर सहितको पुस्तक वितरण गरेका थिए । कार्यक्रमको संयोजन सविना श्रेष्ठले गरेकी थिईन ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको