Logo
22 Apr 2025    ९ बैशाख २०८२, मंगलवार

ताजा खबर

प्लाष्टिकजन्य फोहर नबाल्न काठमाडौं महानगरको आग्रह प्रख्यात दार्शनिक, वेदान्त विद्वान तथा लेखक आचार्य प्रशान्त भोपालमा मञ्जु थापा र सागर आलेको स्वरमा ‘सोल्टिनी तिम्रै माया लाग्छ’(भिडियो) नेपाल आइपुगे विश्वकप विजेता रोबर्टो कार्लोस कक्षा १२ को परीक्षा नसर्ने खुम्बुमा एकै दिन सात सय पर्यटकको आगमन

भदौमा ‘मिस एण्ड मिसेस युनिभर्सल’

admin

सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस युनिभर्सल २०७८’ भदौमा हुने भएको छ । स्पार्कल इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको यो प्रतियागिताको यतिबेला अडिसन भइरहेको छ । पहिलो अडिसन बाट १५ जना मिस र १५ जना मिसेस गरी ३० जना छनोट भएका छन् ।मिस र मिसेसहरूमा रहेको प्रतिभा निखार्दै उनीहरूको उज्ज्वल भबिस्य निर्माणमा सहयोग पुर्याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको स्पार्कल इन्टरटेनमेन्ट अध्यक्ष अम्बिका अर्यालले बताइन् । प्रतियोगिताको अन्तिमस्पर्धा भदौ १९ गते राष्ट्रिय नाचघरमा जमलमा आयोजना हुँदैछ ।

बाजेको सेकुवा स्पोन्सर रहेको प्रतियोगिताको कोओडिनेटर नितु श्रेष्ठ छिन् । विवाह अघि र विवाह पछि पनि करियरलाई थप मद्दत पुग्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको स्पार्कलका उपाध्यक्ष सुनिला केसी र कोषाध्यक्ष प्रमिला प्रधानंगले बताए ।

अडिसनबाट छनोट भएका प्रतिस्पर्धीलाई करिब एक महिना लामो प्रशिक्षण दिइने छ । त्यस क्रममा उनीहरूलाई कला, संस्कृति तथा संस्कार विषयमा केन्द्रित भएर प्रशिक्षण दिइनेछ । यसका साथै उनीहरूलाई आत्मविश्वास विकास, लिडरसिप, सेल्फ डिफेन्स जस्ता महत्वपूर्ण विषयमा समेत प्रशिक्षण दिइनेछ ।

अश्विनीकान्त झा अफिसियल कोरियोग्राफर रहेको यो प्रतियोगिताको मुख्य जजमा रुवी राणा र प्रियारानी रहेका छन् ।

प्रतियोगिताका विजेतालाई नगद पुरस्कारसहित विभिन्न गिफ्ट ह्यापर प्रदान गरिनुका साथै म्युजिक भिडियोमा अभिनयको अवसर प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै विजेता कोरियन ब्राडको द सीम नेपालको एम्बेसडर बन्ने छन् । त्यस्तै फस्र्ट रनर अप तथा सेकेन्ड रनर अपका विजेताले पनि आकर्षक पुरस्कार प्राप्त गर्नेछन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको