Logo
26 Apr 2025    १३ बैशाख २०८२, शनिबार

ताजा खबर

सुदीप न्यौपानेको हत्याको विरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा आठ जनाको मृत्यु ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध आन्दोलनरत शिक्षकलाई नवनियुक्त शिक्षा मन्त्रीले बोलाए वार्तामा राजधानीबाट पाँच बंगलादेशी नागरिक पक्राउ

सोमबारदेखि प्रदेश १ मा कोरोनाको खोप लगाइने

admin

प्रदेश सरकारले प्रदेश १ मा सोमबारदेखि कोरोनाविरुद्धको खोप लगाउने अभियान शुरु गर्ने भएको छ । प्रदेश स्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेतले सुनसरीबाट ५५ वर्ष माथि उमेरकालाई सोमबारदेखि खोप लगाइने बताए ।

‘सरकारले चीनबाट खरिद गरेको भेरोसेल खोप प्रदेश सरकारले यस प्रदेशका १४ वटै जिल्लामा सोमबारसम्ममा पठाइसक्छ,’ निर्देशक बस्नेतले भने, ‘भेरोसेल खोपपछि अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोनसन कम्पनीको खोप ५० वर्षमाथि उमेर समूहकालाई लगाउने छौं ।’ जोन्सन एण्ड जोन्सनको खोप एक मात्रा मात्रै लगाएपछि पुग्ने बताइएको छ ।

प्रदेश १ मा १ लाख ६९ हजार डोज भेरोसेल खोप र २ लाख ४० हजार डोज जोन्सन एण्ड जोन्सन कम्पनीको खोप आएको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका प्रमुख शम्भु साहले बताए । उनले प्रदेश १ का सबै जिल्लामा दुवै खोप वितरण गरिसकेको बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको