Logo
22 Jan 2025    ९ माघ २०८१, बुधबार

ताजा खबर

साढे चार अर्ब फिर्ता गरिदिन माग गर्दै महानगरमा सहकारी बचतकर्ताको निवेदन अष्ट्रेलियासँग पराजित हुँदै नेपाल विश्वकपबाट बाहिरियो सुनको भाउ एकै दिन १९ सयले बढ्यो सञ्चारकर्मी तथा गीतकार गीताको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण टर्कीमा भएकाे आगलागीमा मृत्यु हुनेकाे संख्या ७६ पुग्याे संसदको हिउँदे अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

गाडीमा भेटिएको शव सनमको, सुन तस्करमा विवाद हुदा हत्या

admin

मोरङका एक युवकको अपहरणपछि हत्या भएको छ । हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ परेको छ ।

मोरङ, उर्लावारी ७ का ३३ वर्षीय सनम शाक्य मंगलबार अपहरणमा परेका थिए । उनलाई बन्धक बनाएर राखेको सूचनाका आधारमा अपराध महाशाखा र स्थानीय प्रहरीको टोलीले विराटनगर ३ पोखरिया कन्या मार्गमा चेकजाँच गरेको थियो । त्यसक्रममा बा १२ च ५९६३ नम्बरको स्करपियो गाडीमा शाक्यको शव भेटिएको छ । डिकीमा तौलिया, म्याट्रेस र त्रिपालले बेरेर राखेको अवस्थामा शव भेटिएको छ ।

मृतकको शरीरमा निलडाम भेटिएको छ । सुन तस्करीको विषयमा लेनदेन नमिलेका कारण सनमलाई सिराहाबाटबाट अपहरण गरी कुटपिट गरेर हत्या गरेको खुल्न आएको अपराध महाशाखाले जनाएको छ ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले टेकराज मल्ल, कृष्ण भन्ने नरेन्द्र कार्की र मोहन काफ्लेलाई पक्राउ परेको जनाएको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको