Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड सारिका घिमिरेको स्वरमा ‘दुरि अलि बढेकै हो.. थोरै घटाइदेउ’ (भिडियो) शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार डराउनु पर्दैन : अध्यक्ष राजेन्द्र लिङ्देन

राज कुन्द्रालाई मेडिकल चेकअप पछि पठायो आर्थर रोड जेल

admin

राज कुन्द्रा २७ जुलाईसम्म प्रहरी हिरासतमा थिए । मुम्बई प्रहरीले राजलाई ७ दिन हिरासतमा राख्न आग्रह गरेको थियो । तर, अदालतले भने आग्रहलाई अस्विकार गरेको छ । अदालतले राजलाई थप १४ दिन न्यायिक हिरासतमा पठाएको छ ।

जेल पठाउनु भन्दा पहिला राजलाई जेजे अस्पतालमा मेडिकल चेकअप गरेर आर्थर रोड जेल पठाएको हो । राज कुन्द्राका वकिल जमानतको लागि उच्च अदालत गएका छन् त्यसको सुनुवाई भोली हुनेछ ।

राजको लागि अबको दिन झन मुस्किल पर्ने देखिएको छ । उनीविरुद्ध प्रहरीले लगातार प्रमाण जुटाइरहेको छ । प्रहरीले राजको ठोस प्रमाण खोजी रहेको छ । उनका नातेदार, कार्यालयका कर्मचारी, पार्टनरसँग पनि सोधपुछ गरिरहेको छ ।

प्रहरीले बैंक खाता, ल्यापटप, मोबाइलबाट पनि प्रमाणहरु जुटाउदै आएको छ भने सिटी बैंक र कोटक महिन्द्रा बैंकको अकाउन्ट पनि सिल गरेको छ । प्रहरीले कुनै पीडित आएर राजको बारेमा सबै बताउन समेत आग्रह गरेको छ ।

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको