Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

चौथो संस्करणको ‘ब्युटिसियन नेपाल २०१८’ को ताज शिलास्मालाई

admin

‘ब्युटिसियन नेपाल २०१८’ को चौथो संस्करणको उपाधि शिलास्मा मल्लले हात पारेकी छिन् । जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना भएको ‘ब्युटिसियन नेपाल’ मा उनले अन्य १६ जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै उपाधी हात पारिन् । उनले उपाधी सहित बिभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरिन । त्यस्तै फस्ट रनरअपमा सविना चित्रकार घोषित भईन । सेकेन्ड रनरअपको ताज भने बिना श्रेष्ठले प्राप्त गरिन ।

अमेजन इन्टरटेनमेन्टद्धारा ब्युटिसियन पेशामा आबद्द क्षमतावान ब्युटिसियनहरुलाई अन्तरराष्ट्रिय स्तरसम्म पुर्याउने र यसमा भविष्य खोज्ने युवतीहरूको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउने उद्देश्य र ब्युटिसियनहरुलाई सामाजिक काममा अग्रसर गराउने अभियानलाई अगाडि बढाउँदै आयोजना गरेको नेपालकै पुरानो प्रतिष्ठित प्रतियोगिता ‘ब्युटिसियन नेपाल’ को अनलाईन भोटिङ मार्फत मिसेस पब्लिक चइस अवार्ड र बेस्ट ट्यालेन्ट बिजेता शिलास्मा मल्लले नै हात पार्न सफल भईन । त्यस्तै अन्य टाईटल बिजेताहरुमा बेस्ट पर्सानालिटीमा मिट्ठु महर्जन, बेस्ट फोटोजेनिक प्रतिक्षा अधिकारी, बेस्ट कम्प्लेक्सन गंगा खड्का, मस्ट पंचलमा देवी श्रेष्ठ, मस्ट डिसिप्लिनमा सविना खत्री , मस्ट कन्फिडेन्स तथा बेस्ट ड्रेस्समा सुनिता पोखरेल, मस्ट स्मार्टमा सविना चित्रकार, मस्ट चार्मिङमा सम्झना शेर्पा, मस्ट एक्टिभमा लिना खेबाङ सुब्बा, मस्ट स्टाईलिस सविना नेपाली र मस्ट पपुलरको एवार्ड कल्पना गुरुङले हात परेका थिए ।

कार्यक्रमको प्रमुख अतिथीमा संचारकर्मी, मोडेल कोरियोग्राफर कला सुब्बा हुनुहुन्थ्यो । त्यस्तै अन्य निर्णायकहरुमा मिस नेपाल २००० उषा खड्गी, मोडेल तथा नायक दिक्पाल कार्की, कस्मेटोलिजोस्ट डा. रेखा थापा, मिसेस हिमालयन नेपाल २०१८ बिजेता गोमा अधिकारी हुनुहुन्थ्यो ।

प्रतियोगितालाई युरोपियन ब्राण्ड पायस कस्मेटिक्स ले प्रायोजन गरेको थियो । प्रतियोगितालाई बिभिन्न ढंगबाट सहयोग गर्नेहरुलाई आयोजक संस्था अमेजन इन्टरटेनमेन्टका अध्यक्ष कमल खतिवडाले मायाको चिनो प्रदान गर्नुभएको थियो । प्रतियोगितालाई हिमानी सुब्बाले कोरियोग्राफी गर्नुभएको थियो भने कार्यक्रमको संचालन रोजिन शाक्यले गर्नुभएको थियो ।

प्रतिस्प्रधीहरुलाई शुभ श्रिङ्गगार ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, ईन्टरनेसनल ब्युटी क्लब एन्ड एकेडेमी र मन्जूर ब्युटी पार्लर तथा ट्रेनिङ सेन्टरको मेकअपमा अनुग्रह फेशन बुटिकको ड्रेसमा आर्टिस्ट नेपाल स्टुडियोस अफिसियल फोटोग्राफी गरेको थियो । प्रतिस्प्रधाको लाईभ प्रसारण कास्टमन्डप टेलिभिजनले गरेको थियो । कार्यक्रममा कला सुब्बाको कोरियोग्राफीमा कल्पनाज कलेक्सन तथा तेह्रथुमे ढाका कलेक्सनको आकर्शक डिजाईनमा भएको ‘फेशन शो’ ले थप रौनक प्रदान गरेको थियो ।

फोटो : कुबेर तामाङ, सगुन श्रेष्ठ

Beautician Nepal

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको