Logo
17 Jul 2025    २ श्रावण २०८२, बिहीबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

मिस तामाङ २०१८ को ताज सिम्रन स्याङ्बोलाई (फोटोफिचर)

admin

एघारौं संस्करणको मिस तामाङ २०१८ को उपाधि ठोरी गाउँपालिका-४ पर्साकी सिम्रन स्याङ्बोले जितेकी छन् । नेपाल तामाङ कला-संस्कृति केन्द्र र एभरेष्ट फेसन होमले संयुक्त रुपमा आयोजना गरेको मिस तामाङ २०१८ मा २८ सहभागीहरुले प्रतिस्पर्धा गरेका थिए । सिम्रनले २७ प्रतियोगीलाई पछि पार्दै सिम्रनले ताज जितेकी हुन् । उनले उपाधी सहित नगद एकलाख, एक वर्षसम्म सिभिल ग्रुपको ब्राण्ड एम्बास्डर र विभिन्न गिफ्टह्याम्पर जितेकी छन् । उनलाई २०१७ की मिस तामाङ पिंकी घिसिङले ताज पहिरिदिइन् ।

त्यसैगरी फस्ट रनरअपसँगै इमेज भ्युवर च्वाइस नुवाकोटकी रञ्जिता लामा, सेकेण्ड रनरअपसँगै फोटो भ्युवर काठमाडौंकी कुञ्छान लामा भइन् । फोर्थ रनरअप र ब्युटिफुल स्माइल मकवानपुरकी गीताञ्जली पाख्रिन र फिप्थ रनरअपमा काभ्रेकी प्रतियोगी नं. १४ अनिशा तामाङ भइन् ।

त्यस्तै बेष्ट क्याटवाक रूपा घिसिङ, पर्सनालिटी आशिका बल, फ्रेण्डसिप सिम्रन लामा, अनुशासन क्रिष्टिना लामा, ब्युटिफुल हेयर प्रियंका लामाले टाइटल जितेकी छन् ।

कार्यक्रमका निर्णायकमण्डलहरू सिभिल होमका अध्यक्ष इच्छाराम तामाङ, २०१२ मिस तामाङ सुमी मोक्तान, नायिका ओसिमा बानु, समाजसेवीद्धय प्रविण मोक्तान र भुपाल तामाङ रहेका थिए ।

तामाङ जातिको कला, संस्कृति, भेषभुषा, रीतिरवाज र धर्मलाई युवा जमातमार्फत अन्य जातिलगायत आफ्नै समुदायमा सामाजिकिकरण गर्ने उद्देश्यले सन् २००७ देखी यो प्रतियोगिता आयोजना हुँदै आइरहेको छ ।

फोटो : कुबेर तामाङ/ सगुन श्रेष्ठ ( आर्टिस्ट नेपाल स्टुडियोस)

Miss Tamang

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको