नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा विजयी भएका छन् ।
संसदीय दलको कार्यालय सिंहदरवारमा सोमवार भएको मतदानमा प्रतिद्वन्द्वी प्रकाशमान सिंहलाई पराजीत गर्दै देउवा दोस्रो पटक संसदीय दलको नेता चयन भएका हुन् । देउवाको पक्षमा ४४ मत खसेको थियो भने सिहको पक्षमा १९ मत खसेको थियो ।
संसदीय दलको नेता विजय भएसंगै उनी संसदमा प्रमुख प्रतिपक्षी दलको नेता बनेका छन् । विपक्षी दलको नेता संवैधानिक परिषद्को सदस्य बन्ने प्रावधान छ ।
लोकप्रिय समाचार