Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

नयाँ नेतृत्व चयनसंगै नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको पाँचौ अधिवेशन सम्पन्न

admin

नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको पाँचौ अधिवेशन राजधानी काठमाण्डौमा सम्पन्न भएको छ ।

कोरोनाको कहरका विचमा पनि भौतिक दुरी कायम गर्दै आयोजना गरिएको कार्यक्रममा संगठनको लागि नयाँ पदाधिकारी चयन गरिएको छ । निर्वाचन अधिकृत तथा संचारकर्मी डब्बु क्षेत्रीको रोहवरमा निर्वाचन सम्पन्न गरिएको छ । पाँचौ महाधिवेशनले संस्थाको नयाँ नेतृत्व चयन गरेको छ ।

जसमा अध्यक्ष खगेन्द्र प्याकुरेल, बरिष्ठ उपाध्यक्ष ऋषिराज आचार्य, महिला उपाध्यक्ष सरिता भारती, संगठन उपाध्यक्ष दयाराम घिमिरे, कार्यक्रम उपाध्यक्ष सुवास बुढाथोकी, महासचिव राजन थापा, सचिव प्रदिप वास्तोला, सह–सचिव, सुरेश कुमार राउत, कोषाध्यक्ष कमला कुमारी जोशी, सह–कोषध्यक्ष प्रवण भुषाल र केन्द्रिय सदस्य तथा प्रवक्ता कल्याण अधिकारी केन्द्रिय सदस्य डेविल सिंह राजपुत, तुलसा कटुवाल, साक्षी लम्साल, सुष्मा देवकोटा, गोपाल ढकाल, प्रेम पाण्डे, केन्द्रिय सदस्य कृष्ण भट्टराई निर्वाचित भएका छन् ।

उक्त समारोहमा बरिष्ठ चलचित्र निर्देशक मोहन निरौला र वरिष्ठ संचारकर्मी शान्तिप्रिय लाई संगठनले मानार्थ सदस्यता प्रदान गरेको थियो । कार्यक्रममा संगठनका मानार्थ सदस्य चलचित्र निर्देशक माधव राज खरेल, सल्लाहकार अभिनेता श्रीदेव भट्टराई लगायतको सहभागीता रहेको थियो भने कार्यक्रममा प्रमुख अतिथिको रुपमा राष्ट्रगानका रचनाकार व्याकुल माईला रहेका थिए ।

संगठनले नयाँ नेतृत्व पाए संगै नेपाली चलचित्र एवं श्रव्यदृश्य संग आवद्ध रहेका कलाकार, प्राविधिक एवं श्रमिकहरुको हितमा आफुहरुले काम गर्ने संगठनका अध्यक्ष खगेन्द्र प्याकुरेलले बताए । नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठन स्वतन्त्र ट्रेडयूनिनयन महासंघ नेपालमा आवद्ध रहेको राष्ट्रिय संगठन हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको