Logo
22 Apr 2025    ९ बैशाख २०८२, मंगलवार

ताजा खबर

प्लाष्टिकजन्य फोहर नबाल्न काठमाडौं महानगरको आग्रह प्रख्यात दार्शनिक, वेदान्त विद्वान तथा लेखक आचार्य प्रशान्त भोपालमा मञ्जु थापा र सागर आलेको स्वरमा ‘सोल्टिनी तिम्रै माया लाग्छ’(भिडियो) नेपाल आइपुगे विश्वकप विजेता रोबर्टो कार्लोस कक्षा १२ को परीक्षा नसर्ने खुम्बुमा एकै दिन सात सय पर्यटकको आगमन

‘जिन्दगीले घुमायो’ सार्वजनिक (भिडियोसहित)

admin

रत्न डंगोलको अभिनय रहेको गीत ‘जिन्दगीले घुमायो’ सार्वजनिक भएको छ । युवा गायक जोसेफ शाही ठकुरी र भ्वोइस अफ नेपालका प्रतिस्पर्धी धर्मेन्द्र सुनारको युगल गायनमा रहेको गीत ‘जिन्दगीले घुमायो’को भिडियो सार्वजनिक भएको हो ।

जोसेफ शाही अफिसियल युट्युव च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ । सर्वश्व गुमाएर पनि जिउने आत्मबल नगुमाएको एक्लो पात्रको कहाँनी समेटिएको गीतकोको भिडियोमा डंगोलसँगै राजिन आचार्य, रामबाबु रेग्मी र रचना गौतमको अभिनय रहेको छ । सिम भन्ज्यांग विभिन्न स्थानमा छायाँकन गरिएको भिडियोमा गौरव गिरीको निर्देशन छ ।

जोसेफको नै शब्द, करणराज कार्कीको संगीत र देबेश राइको संगीत संयोजन रहेको गीत ए वन म्युजिसियन स्टडीयोमा रेकर्ड गरिएको हो भने ध्वनी सम्पादन किशोर थापाको छ । बसन्त कुँवरको छायाँकन, बलभद्र कुँवरको सम्पादन रहेको गीतको भिडियोमा श्याम कुँवरको रंग संयोजन छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको