Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो चार दिनदेखि विद्युत आपूर्ति बन्द

पाकिस्तानी प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमण, भारतमा बढ्यो चासो

admin

सोमबारदेखि सुरु भएको पाकिस्तानी प्रधानमन्त्री शाहिद खाकान अब्बासीको नेपाल भ्रमणको विषयलाई लिएर भारतीय सञ्चारमाध्यामहरुले नेपाल र पाकिस्तानबीच थप दोस्ती बढ्न थालेको भन्दै टिप्पणी गर्न थालेका छन् ।

दुई दिने नेपाल भ्रमणमा काठमाडौं ओर्लिएका प्रधानमन्त्री अब्बासीको भ्रमणलाई वाम गठबन्धनको सरकार बनेपछि भएको पहिलो बरिष्ठ विदेशी नेताको भ्रमण रहेको भन्दै टिप्पणी सुरु भएको हो । ‘पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकान अब्बासी आफ्नो देशसँग अर्को क्षेत्रीय राष्ट्र नेपालसँग सम्बन्ध प्रगाढ बनाउने प्रयासस्वरुप दुई दिने नेपाल भ्रमणमा निस्किएका छन् ।

उनले नेपाली प्रधानमन्त्री लगायत अन्य नेताहरुसँग वार्ता गर्नेछन्, उनी प्रधानमन्त्री केपी ओलीले सरकारको नेतृत्व सम्हालेलगत्तै नेपाल भ्रमण गर्ने पहिलो बरिष्ठ नेता समेत हुन्’ नवभारत टाइम्सले सोमबार लेखेको छ ।
पाकिस्तानी राजदूतावासको हवला दिँदै टाइम्सले लेखेको छ, ‘यो भ्रमणमा व्यापार,शिक्षा, पर्यटन, रक्षा लगायतका विषयमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन र विस्तार गर्न अवसर मिलेको छ ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको