Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग राजेन्द्र लिङ्देनसहित सातै जनालाई छाडियो राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड

विश्‍वभर कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो

admin

विश्वभरमा कोरोनाबाट संक्रमित हुनेको संख्या २० करोड पुगेको छ। पछिल्लो तथ्याङ्क अनुसार हालसम्म कोरोनाका २० करोड दुई लाख ३१ हजार तीन सय २९ जना संक्रमित पुगेका छन्। पछिल्लो २४ घण्टामा थपिएका ६ लाख ११ हजार ६ सय २७ जनासँगै संक्रमितको संख्याले २० करोड नाघेको हो।

संक्रमित मध्ये १८ करोड निको भएका छन्। हालसम्म १८ करोड ५ लाख ८ सय ३ जना निको भएका छन्। पछिल्लो २४ घण्टामा निको भएका ४ लाख ५९ हजार ९ सय ४२ निको भएका हुन्।

यस्तै ४२ लाख ५८ हजार तीन सय तीन जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा ९ हजार सात सय ८९ जनाको कोरोनाका कारण मृत्यु भएको छ। सबै भन्दा बढी इण्डोनेसियामा एक हजार पाँच सय ९८ जनाको मृत्यु भएको छ।

गत २४ घण्टामा सबै भन्दा बढी अमेरिकामा १ लाख चार हजार तीन सय ४२ जना संक्रमित थपिएका छन्। केही समय कम भएको अमेरिकामा पुनः संक्रमितको संख्या थपिन थालिएको हो। दुई दिनदेखि ७६ हजार बढी संक्रमित थपिएका थिए।

यस्तै, भारतमा पनि पछिल्लो २४ घण्टामा ४२ हजा पाँच सय ६६ जना कोरोनाका संक्रमितहरु थपिएका छन्। पछिल्लो केही दिन यता भारतमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। कोरोनाको तेस्रो लहरको हल्ला चलिरहेका बेला भारतमा कोरोना संक्रमितको संख्या थपिन थालिएको हो।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको