Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

विश्‍वभर कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो

admin

विश्वभरमा कोरोनाबाट संक्रमित हुनेको संख्या २० करोड पुगेको छ। पछिल्लो तथ्याङ्क अनुसार हालसम्म कोरोनाका २० करोड दुई लाख ३१ हजार तीन सय २९ जना संक्रमित पुगेका छन्। पछिल्लो २४ घण्टामा थपिएका ६ लाख ११ हजार ६ सय २७ जनासँगै संक्रमितको संख्याले २० करोड नाघेको हो।

संक्रमित मध्ये १८ करोड निको भएका छन्। हालसम्म १८ करोड ५ लाख ८ सय ३ जना निको भएका छन्। पछिल्लो २४ घण्टामा निको भएका ४ लाख ५९ हजार ९ सय ४२ निको भएका हुन्।

यस्तै ४२ लाख ५८ हजार तीन सय तीन जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा ९ हजार सात सय ८९ जनाको कोरोनाका कारण मृत्यु भएको छ। सबै भन्दा बढी इण्डोनेसियामा एक हजार पाँच सय ९८ जनाको मृत्यु भएको छ।

गत २४ घण्टामा सबै भन्दा बढी अमेरिकामा १ लाख चार हजार तीन सय ४२ जना संक्रमित थपिएका छन्। केही समय कम भएको अमेरिकामा पुनः संक्रमितको संख्या थपिन थालिएको हो। दुई दिनदेखि ७६ हजार बढी संक्रमित थपिएका थिए।

यस्तै, भारतमा पनि पछिल्लो २४ घण्टामा ४२ हजा पाँच सय ६६ जना कोरोनाका संक्रमितहरु थपिएका छन्। पछिल्लो केही दिन यता भारतमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। कोरोनाको तेस्रो लहरको हल्ला चलिरहेका बेला भारतमा कोरोना संक्रमितको संख्या थपिन थालिएको हो।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको