Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

न्यूजील्याण्डले पाकिस्तानलाई हरायो अनमोल केसी नर्भिक अस्पतालमा भर्ना ५१ देशका आरोहीले लिए अनुमति एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी आजदेखि सोह्र श्राद्ध सुरु प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

पूल निर्माण गरेको विषयमा भारतीय पक्षबाट गल्ति स्विकार

admin

नेपालको सहमतिविना महाकालीमा पुल बनाउनु आफ्नो गल्ती भएको भारतीय पक्षले स्वीकार गरेको छ ।
भारतको पिथौरागढ जिल्लामा नेपाल र भारतका सुरक्षा अधिकारीबीच भएको सीमा सुरक्षा बैठकमा अनुमतिविना सीमा नदीमा पुल लगाउनु ठूलो गल्ती भएको स्वीकार गरेको हो ।

महाकालीमा लगाइएका अस्थायी काठेपुल नेपाल सरकारले अनुमति दिएपछि मात्रै सञ्चालन हुनेछन् । अबदेखि दुवैतर्फ केन्द्र सरकारको अनुमति लिएर मात्रै काठे पुलबाट आवागमन सञ्चालन गर्ने बैठकले निष्कर्ष निकालेको छ । नेपालको व्यास गाउँपालिका वडा नं २ का विभिन्न ठाउँमा चार वटा काठेपुल नेपालको सहमतिविनै लगाएको थियो ।

नेपाली भूमिमा बनाइएको बाटो केन्द्र सरकारको अनुमतिपछि मात्रै सञ्चालन गर्ने सोमबारको बैठकमा सहमति भएको हो । भारतीय पक्षले व्यास – २ को राप्ला क्षेत्रमा पर्ने दोपाखे, नजंग खोला, लखनपुर र बुदीको कौथलामा चार पुल निर्माण गरेको थियो । साथै नेपाली भूमिमा डेढ किमी सडक र झण्डै दुई किमी गोरेटो बाटोसमेत निर्माण गरिएको छ ।

बैठकमा नेपालको बांगबगर पारि भारतको खोतिलाबाट खसेको पहिरो व्यवस्थापनका विषयमा समेत दुई देशका प्राविधिकको टोलीले अध्ययन गर्ने सहमति भएको नेपालका तर्फबाट बैठकमा सहभागी प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।

बैठकमा सीमापार अपराध नियन्त्रण, नेपाल भारत जोड्ने प्रस्तावित झोलुङ्गे पुल, बांगबगर खोतिला पहिरो, व्यास क्षेत्रका बासिन्दाको आवतजावत, वन तथा वन्यजन्तुको ओसारपसार र चोरी निकासी नियन्त्रणका विषयमा छलफल भएको दार्चुलाका प्रजिअ जनार्दन गौतमले जानकारी दिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको