Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

न्यूजील्याण्डले पाकिस्तानलाई हरायो अनमोल केसी नर्भिक अस्पतालमा भर्ना ५१ देशका आरोहीले लिए अनुमति एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी आजदेखि सोह्र श्राद्ध सुरु प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

धेरै रिस उठ्छ, रिस शान्त गर्ने खानेकुरा खानुहोस

admin

मानिसमा रिस उठ्नु स्वाभाबिक हो । तर रिसलाई नियन्त्रण गर्न नसक्नु चै हाम्रो कमजोरी हो । अहिलेका मान्छेलाई अफिसको टेन्सन वा कुनै अन्य कारणले नचाहँदा नचाहँदै पनि दिमागमा दबाब अनुभव गर्न थाल्नुहुन्छ र रिसाउन थाल्छन् ।

तर धेरै रिसाउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ । रिसले गर्दा मस्तिष्कका हर्मोनहरूमा प्रभाव पर्छ र दिमाग शून्य हुन थाल्छ । यसले सोच्ने क्षमतामा पनि नकारात्मक प्रभाव पार्छ । यसबाट तपाईंलाई माइग्रेन, तनाव र अवसाद जस्ता समस्या आइलाग्छन् ।

तपाईंलाई पनि औधी रिस उठ्छ र नियन्त्रन गर्न गाह्रो हुन्छ भने नियन्त्रणमा राख्न यि खानेकुरा खान सक्नुहुनेछ ।

दही
क्याल्सियम भरपूर हुनाले दही सेवनले मूड ताजा राख्छ । यसबाहेक रजस्वला हुँदा दिनको दुईपटक दही खानुभयो भने ताजा अनुभव गर्न सक्नुहुन्छ । यसको सेवनले हर्मोनमा परिवर्तन र एस्ट्रोजेन प्रोगेस्टेरोनलाई सन्तुलनमा राख्छ ।
केरा
दिनमा दुईवटा केरा खाँदा मूड फ्रेश रहन्छ । यसमा भएको कार्बोहाइड्रेट्स, पोटेसियम, भिटामिन बी६ र म्याग्नेसियमले मस्तिष्कमा सेरोटोनिन स्तर बढाउँछ ।

पानी
दिनमा कम्तीमा आठ गिलास पानी पिउनुभयो भने रिस नियन्त्रणमा रहन्छ । पानी पिएपछि तपाईं आनन्दित अनुभव गर्नुहुन्छ र रिस कम हुन्छ ।

कफी
दिनको दुई कप कफी पिउँदा डिप्रेसन लाग्न पाउँदैन । यसमा फोलिक एसिड, सेलिनियम, फ्याट्टी एसिड र उच्चस्तरीय एन्टीअक्सिडेन्ट हुनाले दिमागका रक्तकोषिकाहरू क्षति हुन पाउँदैनन् र रिस पनि नियन्त्रणमा रहन्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको