Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित कांग्रेस विवाद चर्कियो : आयोगको निर्णय मान्य छैन – देउवा पक्ष

एकै दिन ३० जनामा संक्रमण पुष्टि : टोक्यो ओलम्पिक

admin

टोक्यो ओलम्पिक २०२० मा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दो छ।

टोक्यो ओलम्पिकमा आज एकै दिन ३० जना संक्रमित भएका छन्। यसअघि हिजो एकैदिन ४ खेलाडीसहित २९ जना संक्रमित भएका थिए।

आज १ खेलाडीसहित ३० जना संक्रमित बनेपछि ओलम्पिकमा पनि पदकसँगै संक्रमितको संख्यामा पनि नयाँ नयाँ कीर्तिमान थपिँदै थएको छ।

हिजो र आज ग्रिसको कलात्मक पौडीबाजलाई कोरोना पुष्टि भएको हो।

योसँगै समूहगत रुपमा कोरोना पुष्टि देखिएको कमिटीले जनाएको छ। ग्रीक कलात्मक पौडीबाजका १२ जना सदस्यमध्ये ६ जनामा कोरोना पुष्टि भइसकेको छ।

आज मिडियाका ३, सात जना खेलसम्बन्धित व्यक्तिमा कोरोना पुष्टि भएको छ। उनीहरु सबै जना आइसोलेट भएका छन्।

पछिल्लो तथ्याङकअनुसार ओलम्पिक भिलेजमा बस्नेलाई नभई त्यो बाहिर बस्नेलाई संक्रमण भइरहेको टोक्यो आयोजक कमिटीले जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको