Logo
26 Apr 2025    १३ बैशाख २०८२, शनिबार

ताजा खबर

सुदीप न्यौपानेको हत्याको विरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा आठ जनाको मृत्यु ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध आन्दोलनरत शिक्षकलाई नवनियुक्त शिक्षा मन्त्रीले बोलाए वार्तामा राजधानीबाट पाँच बंगलादेशी नागरिक पक्राउ

विमलालाई मुख्यमन्त्री निवासमा ‘बन्धक’ बनाइएकाे आरोप

admin

लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा ‘बन्धक’ बनाइएकाे माओवादी केन्द्रले आरोप लगाएको छ ।
उनलाई मुख्यमन्त्री निवासै बन्धक बनाई जबरजस्ती एमालेमै रहेको भन्ने विज्ञप्ति निकालिएको माओवादी केन्द्रकाे आरोप छ ।

‘म अस्पताल जान तयार भएकी थिएँ,’ सांसद खत्रिले भनेकी छिन्, ‘मलाई नेपालगञ्ज भनेर बुटवल ल्याइयो। सिधै मुख्यमन्त्री निवासमा पुर्‍याएर मलाई बन्धक बनाइयो। अमिलिया आएर खाना खाएपछि नेपालगञ्जको साटो बुटवल पुर्‍याइएको थियो।’

केही दिन अघिमात्र एमालेमा छु भनेर बाहिरिएको कुरा झुटो भएको वलीको भनाइ छ। वलीले मुख्यमन्त्रीसँग भेट गरेपछि पनि आफूलाइ एमालेमा आउन दबाब दिइएको बताएकी छिन्।

उनले आफू २० गते पौने १२ बजे ट्वाइलेटको चप्पल लगाएर भाग्दै नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आएको प्रतिक्रिया दिएकी छिन्।

‘एमालेबाट यस्तो अराजनैतिक काम होला भन्ने चिताएको पनि थिएँन।’ उनले भनिन्, ‘राजनीतिक र सरकारको खेलमा पहिलो पटक मैले यस्तो अवस्था  ब्यहाेर्नु परेको हो।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको