Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

विमलालाई मुख्यमन्त्री निवासमा ‘बन्धक’ बनाइएकाे आरोप

admin

लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा ‘बन्धक’ बनाइएकाे माओवादी केन्द्रले आरोप लगाएको छ ।
उनलाई मुख्यमन्त्री निवासै बन्धक बनाई जबरजस्ती एमालेमै रहेको भन्ने विज्ञप्ति निकालिएको माओवादी केन्द्रकाे आरोप छ ।

‘म अस्पताल जान तयार भएकी थिएँ,’ सांसद खत्रिले भनेकी छिन्, ‘मलाई नेपालगञ्ज भनेर बुटवल ल्याइयो। सिधै मुख्यमन्त्री निवासमा पुर्‍याएर मलाई बन्धक बनाइयो। अमिलिया आएर खाना खाएपछि नेपालगञ्जको साटो बुटवल पुर्‍याइएको थियो।’

केही दिन अघिमात्र एमालेमा छु भनेर बाहिरिएको कुरा झुटो भएको वलीको भनाइ छ। वलीले मुख्यमन्त्रीसँग भेट गरेपछि पनि आफूलाइ एमालेमा आउन दबाब दिइएको बताएकी छिन्।

उनले आफू २० गते पौने १२ बजे ट्वाइलेटको चप्पल लगाएर भाग्दै नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आएको प्रतिक्रिया दिएकी छिन्।

‘एमालेबाट यस्तो अराजनैतिक काम होला भन्ने चिताएको पनि थिएँन।’ उनले भनिन्, ‘राजनीतिक र सरकारको खेलमा पहिलो पटक मैले यस्तो अवस्था  ब्यहाेर्नु परेको हो।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको