Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग राजेन्द्र लिङ्देनसहित सातै जनालाई छाडियो राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड

भन्सार छली गरी ल्याइएका ५९५ मोबाइल सेट बरामद

admin

भन्सार छलेर अवैध रुपमा भित्राइएको ७० लाखभन्दा बढी मूल्य बराबरका ५९५ थान मोबाइल सेट सहित दुई जनालाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिभिन्न ब्राण्डका ५९५ थान मोबाइलसहित चितवनको भरतपुर महानगरपालिका बस्ने ४३ वर्षीय अर्जु्न ढकाल र गाडीका चालक ४० वर्षीय इन्द्रलाल श्रेष्ठलाई पक्राउ गरिएको नवलपुर प्रहरी कार्यालयका डिएसपी दिलिप गिरीले जानकारी दिए । मोबाइल लोड गरिएको प्रदेश ३–०१–०२३ च ५५४४ नम्बरको गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छलेर ल्याइएका मोबाइल आजै भन्सार कार्यालय पठाइने उनको भनाइ छ ।

भन्सार छलेर मोबाइल ल्याउने चितवनको भरतपुर महानगरपालिका–८ का अर्जुन ढकाल र भरतपुर–२१ का इन्द्रलाल श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु दुवैलाई दुम्कीबास प्रहरीको हिरासतमा राखिएको उनले बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको