Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध इजरायल र हमास बीच युद्धविराम दुई दिन थप, के छुट्लान विपिन जाेशी? लोकसेवा आयोगको सबैभन्दा धेरै परीक्षा दिने सर्लाहीका, नाम निकाल्ने गुल्मीका

लोकप्रिय गायक तुलसी पराजुलीको “चौरीको छुर्पी”को भिडियो सार्बजनिक

admin

लोकप्रिय गायक तुलसी पराजुलीको “चौरीको छुर्पी” बोलको नयाँ गीतको भिडियो सार्बजनिक भएको छ । गीतकार अर्जुन भट्टराईको शब्द अनि गायक पराजुलीकै संगीतमा तयार भएको म्यूजिक भिडियोमा निनाम र निश्माको अभिनय रहेको छ । याम गुरुङले निर्देशन गरेको भिडियोलाई मुकेश हुमागाईले खिचेका हुन । भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन ।

माउन्टेन म्यूजिकको यूट्युव च्यानल बाट सार्बजनिक गरिएको गीतको उत्पादन तथा प्रकाशन क्रियटर रुमले गरेको हो । प्रस्तोता समाज नेपालका अध्यक्ष समेत रहेका पराजुली, नेपाली संगीत, विषेशतः नेपाली लोक गीतको क्षेत्रमा परिचित नाम हो । “नरोई बस है मेरी आमा, म गएं मुग्लान, नमरी बाँचे फर्केर आउला, दशैको टिकामा” २०५१ सालमा रेकर्ड गरिएको यहि गीत नै उनको पहिलो गीत थियो । २०५२ सालमा काठमाण्डौ आएका पराजुलीले इलाहबादबाट संगीतमा बि म्युज गरेका छन । २०५७ सालमा बजारमा आएको खोटाङ्ग जिल्ला दिक्तेल बजार बोलको गितबाट नेपाली लोक गीतको क्षेत्रमा स्थापित भएका पराजुलीको कान्छीको छाता ढल्काइदेउ यता, सालै ज्यू, पाटनैको पातलो चिउरा, आकाशैको कालो बादल, लेकैमा चौरी तगायतका गीतहरु निकै चर्चित छन् ।

भिडियो :

https://www.youtube.com/watch?v=YQwZwc7kpu8&feature=youtu.be


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको