Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

लोकप्रिय गायक तुलसी पराजुलीको “चौरीको छुर्पी”को भिडियो सार्बजनिक

admin

लोकप्रिय गायक तुलसी पराजुलीको “चौरीको छुर्पी” बोलको नयाँ गीतको भिडियो सार्बजनिक भएको छ । गीतकार अर्जुन भट्टराईको शब्द अनि गायक पराजुलीकै संगीतमा तयार भएको म्यूजिक भिडियोमा निनाम र निश्माको अभिनय रहेको छ । याम गुरुङले निर्देशन गरेको भिडियोलाई मुकेश हुमागाईले खिचेका हुन । भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन ।

माउन्टेन म्यूजिकको यूट्युव च्यानल बाट सार्बजनिक गरिएको गीतको उत्पादन तथा प्रकाशन क्रियटर रुमले गरेको हो । प्रस्तोता समाज नेपालका अध्यक्ष समेत रहेका पराजुली, नेपाली संगीत, विषेशतः नेपाली लोक गीतको क्षेत्रमा परिचित नाम हो । “नरोई बस है मेरी आमा, म गएं मुग्लान, नमरी बाँचे फर्केर आउला, दशैको टिकामा” २०५१ सालमा रेकर्ड गरिएको यहि गीत नै उनको पहिलो गीत थियो । २०५२ सालमा काठमाण्डौ आएका पराजुलीले इलाहबादबाट संगीतमा बि म्युज गरेका छन । २०५७ सालमा बजारमा आएको खोटाङ्ग जिल्ला दिक्तेल बजार बोलको गितबाट नेपाली लोक गीतको क्षेत्रमा स्थापित भएका पराजुलीको कान्छीको छाता ढल्काइदेउ यता, सालै ज्यू, पाटनैको पातलो चिउरा, आकाशैको कालो बादल, लेकैमा चौरी तगायतका गीतहरु निकै चर्चित छन् ।

भिडियो :

https://www.youtube.com/watch?v=YQwZwc7kpu8&feature=youtu.be


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको