Logo
25 Apr 2025    १२ बैशाख २०८२, शुक्रबार

ताजा खबर

लोकतान्त्रिक यातायात व्यवसायी संघको सर्वसम्मत नयाँ कार्यसमिति चयन ‘तिमी नै छौ यो मनमा’ भन्दै दीपेन्द्र अधिकारी(भिडियो) त्रि-राष्ट्रिय अन्तर्राष्ट्रिय डजबल च्याम्पियनशिप : राष्ट्रिय पुरुष टिम भारतको कर्नाटकमा परिआएको खण्डमा सरकारबाट बाहिरिने छौँ : गगन थापा तीन दिनभित्र विद्यालय फर्किन शिक्षकलाई सर्वोच्चको आदेश पाकिस्तानले गर्‍यो भारतसँगको व्यापार, हवाइ उठान र सबै द्विपक्षीय सम्झौताहरू स्थगित

भारतले जित्यो एथलेटिक्समा ऐतिहासिक स्वर्ण: टोकियो ओलम्पिक

admin

भारतले ओलम्पिकको एथलेटिक्स प्रतिस्पर्धामा पहिलो पटक स्वर्ण जितेको छ।

भारतले ट्रयाक एन्ड फिल्डमा १ सय २१ वर्षपछि पदक जितेको छ । सन् १९०० को पेरिस ओलम्पिकमा नोर्मन प्रिचार्डले भारतका लागि २०० मिटर दौड र २०० मिटर हर्डल्समा दुई रजत जितेका थिए । उनी ब्रिटिस–इन्डियन थिए ।

टोकियो ओलम्पिकअन्तर्गत भारतले शनिबार पुरूष ज्याभलिन थ्रोमा स्वर्ण जितेको हो। भारतका नीरज चोपडाले शनिबार स्वर्ण जितेका हुन्।

यसअघि भारतका कुनै पनि एथलेटिक्स खेलाडीले ओलम्पिकमा स्वर्ण जित्न सकेका थिएनन्।

भारतले टोक्यो ओलम्पिकमा जित्यो पहिलो स्वर्ण पदक | Nepal Khabar

२३ वर्षीय चोपडा सन् २०१८ को कमनवेल्थ गेम्सका च्याम्पियन हुन्।

उनले टोकियोमा ८७.५८ मिटर थ्रो गर्दा स्वर्ण पक्का भएको थियो। स्वर्ण जितेपछि उनले ‘अविश्वसनीय’ भन्दै प्रतिक्रिया दिएका छन्।

उनी ओलम्पिकमा भारतका लागि स्वर्ण जित्ने दोस्रो खेलाडी हुन्। यसअघि बेइजिङ ओलम्पिक २००८ मा सुटिङ खेलाडी अभिनव बिन्द्राले भारतका लागि १० मिटर एयर राइफलमा स्वर्ण जितेका थिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको