Logo
25 Apr 2025    १२ बैशाख २०८२, शुक्रबार

ताजा खबर

वैशाख १५ गते काठमाडौंमा प्रदर्शन गर्दै राप्रपा नेपाल आज वैशाख १२, विनाशकारी भूकम्पको एक दशक पूरा लोकतान्त्रिक यातायात व्यवसायी संघको सर्वसम्मत नयाँ कार्यसमिति चयन ‘तिमी नै छौ यो मनमा’ भन्दै दीपेन्द्र अधिकारी(भिडियो) त्रि-राष्ट्रिय अन्तर्राष्ट्रिय डजबल च्याम्पियनशिप : राष्ट्रिय पुरुष टिम भारतको कर्नाटकमा परिआएको खण्डमा सरकारबाट बाहिरिने छौँ : गगन थापा

online class पढाएको शुल्क आधा लिन विराटनगर महानगरको निर्देशन

admin

विराटनगर महानगरपालिकाले online कक्षामार्फत अध्यापन गराउने निजी स्कुलहरुले विद्यार्थीका अभिभावकबाट आधा मात्र शुल्क लिन निर्देशन दिएको छ ।

विद्यार्थीका अभिभावकहरु निजी स्कुलले मनपरी शुल्क मागेको भन्दै गुनासो गरेपछि शुल्क निर्धारण गरिएको महानगरपालिकाको शिक्षा विभाग प्रमुख दुर्गाप्रसाद खतिवडाले बताए ।

महानगरपालिकाले कोभिड–१९ का कारण बन्द रहेको तर अनलाइन कक्षा सञ्चालन गरेका विद्यालयलाई विद्यार्थीका अभिभावकबाट समान्य अवस्थामा तोकिएको शुल्कको ५० प्रतिशत मात्रै लिन भनेको हो ।

विद्यालयले online शुल्क कति लिने भन्ने कानूनी व्यवस्था नभएको र कोरोना महामारीमा अभिभावकहरुले पुरै शुल्क तिर्न नसक्ने भन्दै गुणासो गरेपछि शुल्क निर्धारण गरिएको उनले बताए ।

उनका अनुसार अभिभावकलाई राजी गराउन सक्ने निजी स्कुलहरुले भने पुरै शुल्क लिन पाउँने छन् । तर अभिभावकको सहमति विना आफुखुशी शुल्क लिने र विद्यार्थीलाई पुरै शुल्क लिन दवाब दिने विद्यालयहरुले भने आधा मात्र शुल्क लिनुपर्ने उनको भनाइ छ ।

महानगरको निर्देशन विपरीत कार्य गरेको पाइएमा कानूनी कारबाही गरिने समेत महानगरले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको