Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित कांग्रेस विवाद चर्कियो : आयोगको निर्णय मान्य छैन – देउवा पक्ष

अमेरिकामा भीषण डढेलो लाग्दा स्थानीयले भाग्न मानेनन्

admin

अमेरिकाको क्यालिफोर्नियामा लागेको डढेलो विशाल रुपमा परिणत हुँदै गर्दा प्रभावित क्षेत्रका स्थानीयले भने घर छाडेर भाग्न मानिरहेका छैनन् । उनीहरुले बन्दुक देखाएर पुलिसलाई आफ्नो घरबाट बाहिर जान भनिरहेका छन् । रिपोर्टका अनुसार बन्दुकधारी क्यालिफोर्नियालीहरुले पुलिसलाई ‘मेरो सम्पत्तिबाट बाहिर निस्क’ भन्दै आदेश दिइरहेका छन् ।

आगो लागेको ठाउँको सडकको नामबाट ‘डिक्सी फायर’ नाम दिइएको यो डढेलो न्यूयोर्क सहरभन्दा धेरै क्षेत्रमा फैलिइसकेको छ । १ हजार ७६० वर्ग किलोमिटरमा फैलिएको यो डढेलो अहिलेसम्म २१ प्रतिशत मात्रै नियन्त्रण गर्न सकिएको छ । यहाँका आवासीय क्षेत्रमा जनधनको क्षति हुने जोखिम बढ्दै गर्दा यहाँका केही स्थानीय भने यो क्षेत्र छाडेर जान तयार भइरहेका छैनन् ।

प्लमास काउन्टीका सुपरभाइजर ग्रेग हागवुडले लस एन्जल्स टाइम्ससँग कुरा गर्दै आफूले ग्रिनभिलेसहित साना पहाडी बस्तीमा तनावका दृश्य देखेको बताए । उनका अनुसार केही यस्ता स्थानीयहरु भेटिएका छन् जसले बन्दुल लिएर सुरक्षा अधिकारीहरुलाई आफ्नो सम्पत्तिबाट जान र आफूलाई यो ठाउँ छाड्न नभन्न आदेश दिइरहेका छन् ।

डिक्सी फायरका जनसम्पर्क अधिकारी क्याप्टेन मिच म्याटलोले भने ‘अग्नी नियन्त्रकहरु र ती अग्नी नियन्त्रकले बचाउने प्रयास गरिरहेका स्थानीयको जीवन जोखिममा परिरहेको छ ।’ क्यालफायरका अनुसार डढेलो लागेका प्रमुख २९ क्षेत्रमा डढेलो नियन्त्रणका लागि ८ हजार ७०७ भन्दा धेरै अग्नी नियन्त्रक खटिएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको