Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग राजेन्द्र लिङ्देनसहित सातै जनालाई छाडियो राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड

अमेरिकामा भीषण डढेलो लाग्दा स्थानीयले भाग्न मानेनन्

admin

अमेरिकाको क्यालिफोर्नियामा लागेको डढेलो विशाल रुपमा परिणत हुँदै गर्दा प्रभावित क्षेत्रका स्थानीयले भने घर छाडेर भाग्न मानिरहेका छैनन् । उनीहरुले बन्दुक देखाएर पुलिसलाई आफ्नो घरबाट बाहिर जान भनिरहेका छन् । रिपोर्टका अनुसार बन्दुकधारी क्यालिफोर्नियालीहरुले पुलिसलाई ‘मेरो सम्पत्तिबाट बाहिर निस्क’ भन्दै आदेश दिइरहेका छन् ।

आगो लागेको ठाउँको सडकको नामबाट ‘डिक्सी फायर’ नाम दिइएको यो डढेलो न्यूयोर्क सहरभन्दा धेरै क्षेत्रमा फैलिइसकेको छ । १ हजार ७६० वर्ग किलोमिटरमा फैलिएको यो डढेलो अहिलेसम्म २१ प्रतिशत मात्रै नियन्त्रण गर्न सकिएको छ । यहाँका आवासीय क्षेत्रमा जनधनको क्षति हुने जोखिम बढ्दै गर्दा यहाँका केही स्थानीय भने यो क्षेत्र छाडेर जान तयार भइरहेका छैनन् ।

प्लमास काउन्टीका सुपरभाइजर ग्रेग हागवुडले लस एन्जल्स टाइम्ससँग कुरा गर्दै आफूले ग्रिनभिलेसहित साना पहाडी बस्तीमा तनावका दृश्य देखेको बताए । उनका अनुसार केही यस्ता स्थानीयहरु भेटिएका छन् जसले बन्दुल लिएर सुरक्षा अधिकारीहरुलाई आफ्नो सम्पत्तिबाट जान र आफूलाई यो ठाउँ छाड्न नभन्न आदेश दिइरहेका छन् ।

डिक्सी फायरका जनसम्पर्क अधिकारी क्याप्टेन मिच म्याटलोले भने ‘अग्नी नियन्त्रकहरु र ती अग्नी नियन्त्रकले बचाउने प्रयास गरिरहेका स्थानीयको जीवन जोखिममा परिरहेको छ ।’ क्यालफायरका अनुसार डढेलो लागेका प्रमुख २९ क्षेत्रमा डढेलो नियन्त्रणका लागि ८ हजार ७०७ भन्दा धेरै अग्नी नियन्त्रक खटिएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको