Logo
10 Dec 2024    २५ मंसिर २०८१, मंगलवार

ताजा खबर

प्रतिनिधि सभासँग राष्ट्रिय सभा १३ गोलले पराजित चोभारस्थित कबाडी संकलन केन्द्रमा आगलागी राष्ट्रिय स्तरको कोडिङ प्रतियोगिता सम्पन्न, ९ विद्यार्थी ग्लोबल कम्पिटिसनका लागि छनोट सुनको मूल्य तोलामा २१ सय रूपैयाँले बढ्यो गायक रवि सुवेदी र स्वेच्छा ठकुरीको स्वरमा ‘पग्लियो यो मन’(भिडियो) गढीमाई मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो दुर्घटना, ८ जनाको मृत्यु

मिस्टर एण्ड मिस चितवनका प्रतियोगीहरूले देखाए आफ्ना प्रतिभा

admin

मिस्टर एण्ड मिस चितवनका प्रतियोगीहरूले चितवन स्थित द स्पाइसी विण्डो रेष्टुरेण्ट मा फाल्गुन १९ गते शनिबार भएको एक कार्यक्रम बिच आफ्नो आफ्नो प्रतिभाको प्रस्तुति दिएका छन् ।
उक्त प्रतियोगितामा प्रतियोगिहरूले आफ्नो प्रस्तुति दिनुका अलवा सास्कृतिक पोशाकमा सजधज साथ उपस्थिति जनाएका थिए । सो कार्यक्रमको संचालन कोरियोग्राफर रब्स सापकोटाले गरेका थिए । कार्यक्रमको अौपचारिकता राष्ट्रियगान बाट श्रीगणेश गरिएको सो कार्यक्रममा पहिलो प्रस्तुतिको रूपमा चर्चित नेपाली लोक गित रेशम फिलिलि बोलको गितमा गितारको सुमधुर संगितमा राजेश कुमालले गित गाएर सुनाएका थिए । त्यसरी नै प्रतियोगीहरू क्रमश अस्मिता नेपाली ,सिर्जना गिरि , दिव्या गजमेर , रचना अधिकारी ,रूपक मगर , प्रिति रौनियार ,काजल पुरी , सनम लामा , श्रृष्टि भण्डारि , सोनु तामाङ लगायतले आफ्नो बेजोड प्रस्तुति प्रस्तुत गरेका थिए । समयको पाबन्दि अनि सोही बेला कै होलि चाडले समय व्यावस्थापन गारो भएको भन्दै गर्दा प्रतियोगीहरूको प्रस्तुति दमकेदार नै दिएका थिए । उक्त कार्यक्रमको निर्णायक मण्डलमा बरिष्ट ब्युटि सियन एवम फेसन डिजाईनर मिना झा र सुजन रिमाल रहनु भएको थियो प्रतियोगीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरे प्रस्चात निर्णायक मण्डलले केही सल्लाह सुझावका अतिरिक्त उत्प्रेरणात्मक भनाई प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा कून प्रतियोगिले मस्ट ट्यालेन्टको ताज पहिरिने हो यसका लागि त प्रतियोगिहरूले फाइनल सम्म पर्खिनै पर्ने छ । कलेजमा अध्ययनरत टिनएज युवा युवतिहरूको व्यक्तित्व विकाश ,आत्मविश्वाश अभिवृद्दि,क्षमता उजागर लगायत नेतृत्वदायि क्षमताको विकाश साथै उच्च शिक्षाको अध्ययनका लागि सहयोग पुर्याउने र समाज उपयोगि जिम्मेवार व्यक्तिको रूपमा अगाडि बढ्न सहयोग गर्ने हेतुले यो कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारि गराएको छ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायत विभिन्न विद्यामा भने कुशल कोरियोग्राफर रब्स सापकोटा र अरबिन हमालले गुर्मिङ गराउदै आएका छन ।
आयोजकले बताए अनुशार प्रतियोगिहरूको भोटिङ पनि खुल्ला भईसकेको र जसका लागि मिस्टर एण्ड मिस चितवनको पेजमा गई मनपर्ने प्रतियोगिहरूलाई भोट गर्न सकिने छ जसका लागि MMC space प्रतियोगि नम्बर लेखी ३३००१ मा आफ्नो मत फाल्गुन २६ गते शनिबार दिउँसो १२ बजे
सम्म मत दिन सकिने कुरा आयोजकले जानकारि गराएको छ ।
यश प्रतियोगिताको समापन फाल्गुन २६ गते शनिबार बिहान ११ बजे देखि क्यान्सर हस्पिटलको भव्य सभाहलमा समापन गरिने र सो फिनालेको प्रत्यक्ष प्रसारण टेलिभिजनमा प्रसारण गरिने कुरा पनि आयोजकले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको