Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

लोकसेवा आयोगको परिक्षा धमाधम सञ्चालन हुने

admin

लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा अब स्थगित नहुने आयोगले जनाएको छ । आयोगले तालिका प्रकाशित गरेको परीक्षाहरु नरोक्ने आयोगका प्रवक्ता तोयनारायण सुवेदीले जानकारी दिएकाछन् ।

आयोगले आ.व. २०७६/०७७ र आ.व. २०७७/०७८ मा विज्ञापन भई परीक्षा सञ्चालन हुन बाँकी विभिन्न तहका परीक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । आयोगले साउन १५ गतेदेखि असोज २३ गतेसम्म हुने परीक्षा तालिका प्रकाशित गरी परीक्षा सञ्चालन गरिरहेको छ ।

यता राष्ट्रिय परीक्षा बोर्डले भने कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।  शनिबार बसेको बोर्ड बैठकले साउन ३१ गतेबाट हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको बोर्डको हो ।

परिस्थिति अनुकूल भएपछि पुनः परीक्षा सञ्चालन गर्ने निर्णय समेत बोर्डले गरेको छ । पुनः हुने परीक्षा बारे १५ दिन अघि जानकारी दिने बोर्डले जनाएको छ ।

लोकसेवा आयोग लगायतका परिक्षा धमाधम सञ्चालन भैइरहेका बेला कक्षा १२ को परिक्षा स्थगित भएपछि राष्ट्रिय परीक्षा बोर्डको आलोचना समेत भएको छ । पूर्वस्वास्थ्य मन्त्री तथा कांग्रेस सांसद गगन थापाले परीक्षा सञ्चालनमा सरकारले एकरुपता नअपनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । कोरोना संक्रमणको जोखिम रहेको भन्दै कक्षा १२ को परीक्षा स्थगित गर्ने तर अरु परीक्षा भने नरोकिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको