Logo
26 Apr 2025    १३ बैशाख २०८२, शनिबार

ताजा खबर

सुदीप न्यौपानेको हत्याको विरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा आठ जनाको मृत्यु ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध आन्दोलनरत शिक्षकलाई नवनियुक्त शिक्षा मन्त्रीले बोलाए वार्तामा राजधानीबाट पाँच बंगलादेशी नागरिक पक्राउ

मैलुङ खोला जलविद्युतको आइपीओ भोलि बाँफाँड हुने

admin

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) भोलि बाँडफाँड हुने भएको छ ।

कम्पनीले आज प्रि अलोटमेन्ट सम्पन्न भएसँगै कम्पनीको आइपीओ भोलि बाँडफाँड हुने विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

उक्त आइपीओ भोलि बिहान ९ बजे विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बाँफाँड हुने जनाइएको छ ।

कम्पनीले साउन १४ गते, बिहीबारबाट साउन १९ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणलाई छुट्याएको छ ।

उक्त आइपीओमा २१ लाख १८ हजार ९२५ जनाले आवेदकबाट २ करोड ८४ लाख ४१ हजार ८ सय ४० कित्ताका लागि आवेदन परेको विक्री प्रबन्धकले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको