Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग राजेन्द्र लिङ्देनसहित सातै जनालाई छाडियो राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड

अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी सिरिजमा बंगलादेशको शानदार जित

admin

अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिजमा घरेलु टिम बंगलादेशले शानदार जित हात पारेको छ ।

ढाकामा सोमबार भएको अन्तिम तथा पाँचौ टी-ट्वान्टीमा अष्ट्रेलियालाई ६० रनले पराजित गर्दै घरेलु टोलीले सिरिज  ४-१ ले जितेको हो ।

शेर बंगला नेसनल स्टेडियममा बंगलादेशले दिएको १ सय २३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलिया ६२ रन जोड्दा अलआउट भयो ।

अष्ट्रेलिया १३ ओभर ४ बलमा अलआउट भएको हो । सीमित ओभरको क्रिकेटमा अष्ट्रेलियाको यो सर्वाधिक कम स्कोर हो ।

अष्ट्रेलियाका लागि कप्तान म्याथ्यु वेडले २२ रन जोडे । यस्तै बेन म्याकडेरमोटले १७ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

अष्ट्रेलियालाई सस्तैमा समेट्न शकिब अल हसनले ४ विकेट लिए । मोहमद सैफुदीनले ३ तथा नासुन अहमेदले २ विकेट लिए  ।

यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो थियो ।

बंगलादेशका लागि मोहमद नाइमले २३ रन जोड्दा कप्तान महमुद उल्लाहले १९ रन बनाए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको