Logo
14 Jan 2025    १ माघ २०८१, मंगलवार

ताजा खबर

लिटिल च्याम्पियन्स नेपालको प्रथम संस्करण भव्य रुपमा सम्पन्न लिटिल प्राइड अफ नेपालको छैठौं संस्करण सम्पन्न २० औं ग्राण्ड ग्रामर सांस्कृतिक कार्यक्रम सम्पन्न आजदेखि श्री स्वस्थानी ब्रत आरम्भ चिसो बढेपछि सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द रवि लामिछाने अदालतमा उपस्थित हुँदै, थुनछेक बहस आज

बिश्व कीर्तिमानी उज्जल ठकुरीलाई अर्को बिश्व किर्तिमान

admin

अमेरिकाको डिसी महानगर क्षेत्रका नेपाली मूलका बिश्व कीर्तिमानी उज्जल ठकुरीलाई अर्को बिश्व किर्तिमान प्राप्त भएको छ । उनी आफैले बनाएको किर्तिमानलाई तोड्दै छोटो समय भित्र पुनस् दोश्रो पटक गिनिज वर्ल्ड रेकर्ड मा नाम लेखाउन सफल भएका छन् ।

उनले गत बर्ष २०१७ को सेप्टेम्बर २३ तारीखका दिन १३९।४९ पौण्ड ९ ६३।९७ केजी ० मा बिश्व किर्तिमान गरेका थिए । उनले अर्को किर्तिमान अमेरिकाको ओहायोको टोलेड़ोमा गएर गत बर्ष २०१७ को नोभेम्बर ४ तारिख १४२।४८ पौण्ड ९६४।६३ केजी ०को तौल दात र शरिरमा राखेर दुवै खुट्टा फाडेर बिश्व किर्तिमान गरेका छन् ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डले उनलाई गत मार्च २ तारिखमा अमेरिकामा पत्राचार गरि बिश्व कीर्तिमानी भनेर घोषणा गरेको छ। यो विधा आज सम्म कसैले बिश्व मै गर्न सकेका छैन । सानो गल्ति भयो भने ढाड अनि कम्मर शत प्रतिसत पक्षघात ९प्यारालाइसिस० हुने धेरै सम्भावना भएकोले यस्तो जोखिम कम खेलाडीले कोसिस गर्ने गर्छन ।

ठकुरीले पाँच विधाको निर्माण गर्नु को साथ साथै तीन वटा विधामा अन्तर राष्ट्रिय पदक हासिल गरेका छन् । ९फांग काता ० जसमा राष्ट्रिय स्वर्ण पदक र अन्तर राष्ट्रिय स्वर्ण पदक हासिल गरेका छन् भने फांग ब्रेअकिङ्ग९किर्तिमान० जसमा बिश्व टाइटल बेल्ट हासिल गरेका छन् ।

यसै गरि फ़ाङ्ग हेवी वेट९गर्हौ वजन ० उचालेर ९गोडा फाडेर अधिक भार बोकेर ० यसमा बिश्व च्याम्पियन बेल्ट लगायत दुई पटक गिनिज वर्ल्ड रेकर्ड बनाई नेपालीहरुको शिर उच्च बनाई दिएका छन् ।

बिश्व कीर्तिमानी ठकुरी पहिलो कराते खेलाडी हो जस्ले कराते खेलाडी भएर एचके ली राष्ट्रिय तेक्वान्दो खेलमा स्वर्ण पदक पनि हासिल गरेका छन् । यसरी कराते खेलाडीले तेक्वान्दो खेलमा अन्तर राष्ट्रिय स्वर्ण पदक प्राप्त गरि नयाँ किर्तिमान पनि गरेका छन् ।

अहिले सम्म ठकुरीले युएसए केएफ राष्ट्रिय खेल जुन बिश्व महासंघ अन्तर्गत पर्छ त्यसमा रजत पदकको साथ साथै युएसए मास्टर्स खेलमा २ राष्ट्रिय स्वर्ण पदक अनि अमेरिकी किक अन्तर राष्ट्रियखेलमा एक स्वर्ण र एक रजत हासिल गरेका छन् । उनले अनगिन्ती पदक समेत प्राप्त गरेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको