Logo
23 Jan 2026    १० माघ २०८२, शुक्रबार

ताजा खबर

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय उम्मेदवारीबारे उठेका प्रश्न स्पष्ट गरेपछि आशिका तामाङको नाम कायम ओलीको निर्णयले भट्टराई आक्रामक: चिन्तित र दुःखी छु कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिए सुनले तोड्यो रेकर्ड, प्रतितोला ३ लाख नाघ्यो

कुलमान घिसिङ विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त

admin

सरकारले नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्ति गरेको छ ।

उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले घिसिङ प्राधिकरणमा नियुक्त भएको पत्र मन्त्रालयलाई प्राप्त भइसकेको छ । उनलाई आजै नियुक्तिको पत्र दिएर पदभार ग्रहरण गराइने भेटवालले जानकारी दिए ।

घिसिङले आफूलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको जानकारी आएको तर पत्र आउन बाँकी रहेको जानकारी दिए । ‘मन्त्रालयको आफ्नै प्रकिया छ, त्यो पूरा भएर सम्भवत आजै पत्र आउँछ अनि कार्यभार सम्हाल्छु,’ घिसिङले खबरहबसँग भने ।

११ महिनाअघि कार्यकाल सकिएपछि घिसिङ बिदा भएका थिए । उनी भदौ ३१ मा चारवर्षे कार्यकाल पूरा गरेर बिदा भएका थिए ।

प्राधिकरणको नेतृत्व गरेका हितेन्द्रदेव शाक्यलाई उर्जा आयोगको विज्ञको जिम्मेवारी दिइएको छ । शाक्यलाई विशिष्ठ श्रेणी सरह र खाइपाइ आएको सुविधा कटौती नहुने गरी उर्जा आयोगमा विज्ञका रूपमा पठाइएको उनले बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको