Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो चार दिनदेखि विद्युत आपूर्ति बन्द

अभिनेता प्रकाश राज एक फिल्मको सुटिङमा लडेर घाइते भए

admin

दक्षिण भारतीय फिल्मका अभिनेता प्रकाश राज एक फिल्मको सुटिङमा लडेर घाइते भएका छन् । अभिनेता चेन्नइमा मिथरण जवाहरको नयाँ फिल्म ‘डी ४४’को सुटिङका क्रममा घाइते भएका हुन् ।

समाचारअनुसार उनको हात भाँचिएको छ । यो कुराको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् । ‘म लडेँ । मेरो शरीरमा एउटा सानो फ्याक्चर भएको छ । सर्जरीका लागि म आफ्नो डा. गुरुवरेड्डी साथीसँग हैदराबाद जाँदैछु । म चाँडै ठिक हुन्छु । मेरो बारेमा चिन्ता लिनुपर्ने कुनै कारण छैन’, ५६ वर्षीया अभिनेताले लेखेका छन् ।

दक्षिण भारतीय फिल्ममा अभिनयको पर्याय बनेका प्रकाशले बलिउडमा पनि धेरै फिल्ममा अभिनय गरेका छन् । उनी दर्शकमाझ नकारात्मक भूमिकाका लागि लोकप्रिय छन् । उनले पाँच पटक राष्ट्रिय पुरस्कार जितेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको