Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

दर्शकको मन जित्दै ‘आमा सबैकी’टेलिचलचित्र (भिडियोसहित)

admin

टेलिचलचित्र ‘आमा सबैकी’ले यतिवेला दर्शकको मन जित्न सफल भएको छ । मञ्जरी मिडियामार्फत आइरहेको यो समसामायिक टेलिचलचित्रलाई युट्युवमा दर्शकले साथ दिइरहेका छन् । यसको तेस्रो भागसम्म आइपुग्दा सबैको तारिफ बटुल्न सफल भएको छ ।

राजु गिरीले निर्देशन गरेको यो टेलिचलचित्रमा संगम भण्डारी, सविन बास्तोला, सुभेच्छा थापा, राजु गिरी, सुदन धिताल, लक्ष्मिनाथ तिमिल्सिना, रचना पौडेल, सरोज दाहाल, सुप खनाल, मोहन घिमिरे, समिता रिजाल, सरोज मानन्धरलगायतका कलाकारको अभिनय रहेको छ ।

रामकृष्ण चौलागाईंको छायाँकन, ललित सिंह साउदको सम्पादन रहेको यो टेलिचलचित्रको निर्माण सुस्मिता धितालले गर्नुभएको हो । टेलिचलचित्रमा सामाजिक विषयवस्तुलाई यर्थाथ परक र व्यङ्ग्यातमक रुपमा प्रस्तुत गरिएको छ । यो टेलिचलचित्र हरेक शुक्रबार चार बजे सार्वजनिक हुने गरेको छ ।

‘आमा सबैकी टेलिचलचित्र तेस्रो भागसम्म आइपुग्दा दर्शकको धेरै-धेरै माया पाइरहेका छौ, यसरी मायागरी हाम्रो हौसला बढाइदिनुहोला’, निर्देशक राजु गिरीले भन्नुभयो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको