Logo
22 Apr 2025    ९ बैशाख २०८२, मंगलवार

ताजा खबर

प्लाष्टिकजन्य फोहर नबाल्न काठमाडौं महानगरको आग्रह प्रख्यात दार्शनिक, वेदान्त विद्वान तथा लेखक आचार्य प्रशान्त भोपालमा मञ्जु थापा र सागर आलेको स्वरमा ‘सोल्टिनी तिम्रै माया लाग्छ’(भिडियो) नेपाल आइपुगे विश्वकप विजेता रोबर्टो कार्लोस कक्षा १२ को परीक्षा नसर्ने खुम्बुमा एकै दिन सात सय पर्यटकको आगमन

सरकारको न्यूनतम साझा कार्यक्रम, कार्यान्वयनमा छिटो आओस्

admin

-डा.डिआर उपाध्याय,

अब मुलुकलाई सहि बाटोमा र बिकासको गतिमा अघि बढाउने हो भने राजनीतिक दलहरुले राष्ट्रिय सहमतिमा जोड दिनु आबश्यक छ । एकले अर्को दललाई सिध्याउने जुन किसिमका खेलहरु भइरहेका छन् ति खेलहरु देशको हितमा छैनन् । अब राजनीतिक दलहरु गम्भिर भएर मुलुकको हितमा लाग्नु पर्ने देखिन्छ । देशको लागी सबै दलले सोच्नु पर्छ । ब्यक्तिगत स्वार्थमा अल्झिएर मुलुकलाई बर्वाद पारिनु हुदैन । जनताले दुख्ख पाइरहेका छन ।

जनताका आबश्यकताहरु दिन प्रतिदिन बढदै गएका छन । जनताका समस्यामा राजनीतिक दल र सरकार गम्भिर बन्नु पर्छ । मैले पटक पटक जनताका पक्षमा कलम चलाउदै आएको छु । तर पनि कसैले सुनेको पाइदैन । सुने पनि नसुने जस्तो गर्छन । समस्या हरेक ठाउँमा हुन्छ, समस्यालाई कसरी चिर्ने भन्ने ठूलो कुरा हो । वर्तमान सरकारको न्यूनतम साझा कार्यक्रम पनि सार्वजनिक भएको छ । यो न्यूनतम साझा कार्यक्रम कार्यान्वयनका लागि पनि यथाशीघ्र मन्त्रिपरिषद्ले पूर्णता पाउनुपर्छ । अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट संसद्मा पेस भएको छ । उक्त बजेटका नीति तथा कार्यक्रमले निरन्तरता पाउँछन् कि पाउँदैनन् भन्ने कुरा यकिन हुनसकेको छैन । कोरोना सङ्क्रमण बढ्दोक्रममा छ र खोप दिने कार्य अझै सुव्यवस्थित हुनसकेको छैन ।

शिक्षा क्षेत्र समस्याग्रस्त छ । यी सबै समस्या समाधान गर्न र आर्थिक तथा सामाजिक गतिविधिलाई गतिशील बनाउन सरकारको सक्रियता वृद्धि हुन आवश्यक छ । संयुक्त सरकारका न्यूनतम साझा कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट मात्र यी समस्या समाधान गर्न सकिने छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षको समर्थनमा बनेको गठबन्धनको सरकारले मुलुकको हितमा सोच्ने काम गरोस् भन्र्ने आम नागरिकको चाहना पनि हो ।

संयुक्त सरकार सञ्चालनका लागि सहभागी दलको सहमतिमा ल्याइएको यो न्यूनतम साझा कार्यक्रमले राष्ट्रिय सहमतिको पहल गर्ने नीति लिएको छ । यो सकारात्मक सन्देश हो । संयुक्त सरकारले प्रमुख प्राथमिकता खोपलाई दिइएको छ । असोजसम्ममा एकतिहाइ नागरिकलाई र चैत मसान्तसम्ममा खोप लगाउनयोग्य सबै नेपालीलाई निःशुल्क खोप व्यवस्था गर्ने तथा खोप उत्पादनका लागि नेपालमै भ्याक्सिन ल्याब स्थापना गर्न प्रयास गरिने सरकारको भनाई छ ।

आवश्यक औषधि, उपकरण र स्वास्थ्य सामग्री व्यवस्थापन गर्ने र स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गरी दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता सरकारले जाहेर गरेको छ । सङ्घीयताको कार्यान्वयन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण पनि साझा कार्यक्रमको प्राथमिकतामा परेका छन् ।

तीन तहका सरकारको क्षेत्राधिकार र अन्तरसम्बन्धलाई संविधानबमोजिम कार्यान्वयन गर्ने, अधिकार र जिम्मेवारी हस्तान्तरण गर्ने, आवश्यक कानुन निर्माण गर्ने, वित्तीय हस्तान्तरण बढाउने, प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाइने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ । लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका क्षेत्रको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रतिबद्धता समेत सरकारले जनाएको छ ।

बढ्दो महँगी नियन्त्रण गरी खाद्यान्न, पेट्रोलियम पदार्थलगायत जनताका अत्यावश्यक दैनिक उपभोग्य वस्तुको सहज र सुलभ आपूर्तिको व्यवस्था गर्ने कार्यलाई साझा कार्यक्रममा समावेश गरिएको छ । परराष्ट्र सम्बन्धमा राष्ट्रिय सहमति कायम गर्ने नीति लिइएको छ । नेपाललाई विकसित मुलुकको स्तरमा पु¥याउन सहयोग गर्ने कार्यक्रम ल्याउने, सरकारी र निजी क्षेत्रको सहकार्यका आधारमा लगानीमैत्री वातावरण निर्माण गर्ने, स्वदेशी विदेशी लगानी आकर्षित गर्नेलगायतका कुरामा सरकारले जोड दिएको छ । संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सार्बजनिक गरेर मात्र हुदैन, कार्यान्वयनमा छिटो आओस् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको