Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड सारिका घिमिरेको स्वरमा ‘दुरि अलि बढेकै हो.. थोरै घटाइदेउ’ (भिडियो) शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार डराउनु पर्दैन : अध्यक्ष राजेन्द्र लिङ्देन

आधा किलो अबैध सुनसहित कैलालीमा तीन जना पक्राउ

admin

अबैध रुपमा बोकिएको झण्डै आधा किलो सुनसहित प्रहरीले कैलालीमा तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बुधबार दिउँसो प्रहरीले काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको महाकाली यातायातको ना.८ख ८३४९ नम्बरको बसमा सवार तीन जनालाई सुचनाका आधारमा पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–८ फुलैलीका ३५ वर्षीय भवानी घिमिरे, सुनसरी रामधुनी नगरपालिका–३ सिंगियाका २६ वर्षीय राजु विक र ३१ वर्षीय समीर सिजापती छन् ।

जिल्ला प्रहरी कर्यालयका कैलालीका डीएसपी प्रतिक विष्टका अनुसार अवैध रूपमा सुन ल्याइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूबाट प्रहरीले ४४९.७७ ग्राम सुन बरामद गरेको छ । उनीहरूका साथबाट प्रहरीले ४९ हजार ४०५ रुपैयाँ पनि बरामद गरेको छ ।

अहिले उनीहरूमाथि थप अनुसन्धान र रबाहीका लागि सुन, नगदसहित राजश्व अनुसन्धान कार्यालय, कोहलपुर पठाइएको डीएसपी विष्टले बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको