Logo
25 Apr 2025    १२ बैशाख २०८२, शुक्रबार

ताजा खबर

वैशाख १५ गते काठमाडौंमा प्रदर्शन गर्दै राप्रपा नेपाल आज वैशाख १२, विनाशकारी भूकम्पको एक दशक पूरा लोकतान्त्रिक यातायात व्यवसायी संघको सर्वसम्मत नयाँ कार्यसमिति चयन ‘तिमी नै छौ यो मनमा’ भन्दै दीपेन्द्र अधिकारी(भिडियो) त्रि-राष्ट्रिय अन्तर्राष्ट्रिय डजबल च्याम्पियनशिप : राष्ट्रिय पुरुष टिम भारतको कर्नाटकमा परिआएको खण्डमा सरकारबाट बाहिरिने छौँ : गगन थापा

आईसीसीले टिमलाई कारवाही गरेपछि के भन्छन् विराट कोहली

admin

आईसीसीले कारवाहीस्वरूप दुवै टिमको दुई/दुई अंक काटेपछि भारतीय कप्तान विराट कोहलीले प्रतिक्रिया दिएका छन् ।

‘आईसीसीको निर्णयप्रति म पूर्णरूपमा सन्तुष्ट छैन । ओभर हाम्रो हातमा थियो । एक टिमको रूपमा हामी आईसीसीले दुई अंक काट्दा खुसी छैनौं,’ विराटले दोस्रो टेष्ट खेल्नुअघि भनेका छन्, ‘दोस्रो पारीमा हामीले केही सुधार गरेका थियौं । यो इनिङ्समा हामी दुई ओभर मात्र पछि थियौं ।’

आईसीसीको एलीट प्यानलका म्याच रेफ्री क्रिस ब्रोडले निर्धारित समयमा ओभर नसकेको भन्दै दुवै टिमको दुई/दुई अंक काटेको घोषणा गरेका छन् ।

आफ्नो टेस्ट करिअरकै ऐतिहासिक दिनमा विराट कोहली शून्यमा आउट ! – Dcnepal

यो सिरिज टेष्ट च्याम्पियनशिपको पहिलो श्रृंखला हो । च्याम्पियनशिपको अंकको महत्वपूर्ण भूमिका हुन्छ ।

भारत र इंग्ल्याण्डबीचको पहिलो टेष्ट वर्षाका कारण ड्र भएको थियो । वर्षा बाधक बनेपछि दुवै टिमले चार/चार अंक पाएका थिए ।

अब यी दुई टिमसँग दुई/दुई अंक बचेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको