Logo
17 Mar 2025    ३ चैत्र २०८१, सोमबार

ताजा खबर

एसइई परिक्षाको तयारी पूरा प्रतिनिधि सभाको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै, नेपाल प्रहरीमा आईजिपीको टुंगो लाग्ने मन्त्री निवास आसपास निषेधित क्षेत्र घोषणा सुशासन र सार्वजनिक सेवा प्रभावकारीको विषय नै पहिलो समस्या : मन्त्री गुरुङ प्रचण्डको तस्बिर जलाउने राप्रपाका बम पक्राउ

बहुप्रतिक्षित चलचित्र “शत्रुगते” को मह शत्रुगते यात्रा

admin

गीतसंगीत ,ट्रेलर तथा बहुचर्चित कलाकारहरुको कारण चर्चामा रहेको प्रतिक्षित चलचित्र ‘शत्रु गते’ ले मोफसल टुर गर्ने भएको छ । उपत्यका वाहिरका दर्शक तथा सञ्चारकर्मीसंग भेटघाट एवं चलचित्रको प्रमोसन गर्ने उदेश्यले मह शत्रुगते टुर आयोजना गर्न लागेको हो । टुरलाई रुस्लान भोड्काले प्रायोजन गरेको छ ।

‘रुस्लान मह शत्रु गते यात्रा २०७४’ नाम दिइएको यस यात्रामा कलाकार हरिवंश आचार्य , किरण केसी , शिवहरी पौडेल , पल शाह , आँचल शर्मा र जुनु रिजाल काफ्ले रहनेछन । यात्राको क्रममा स्थानीय दर्शकलाई विभिन्न प्रस्तुति समेत पस्किने छन् । यात्रा फाल्गुन २३ गते देखि ३० गतेसम्म चल्नेछ । २३ गते हेटौडा , २४ गते नारायणगढ , २५ गते बुटवल , २६ गते पोखरा , २८ गते बिर्तामोड , २९ गते दमक र ३० गते इटहरीमा हुने जानकारी निर्माता किरण केसीले बताए ।

चलचित्रलाई मह सञ्चारको व्यानरमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् ।  हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् ।

चलचित्रमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

फिल्म चैत्र ९ मा रिलिज हुनेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको