Logo
11 Dec 2025    २६ मंसिर २०८२, बिहीबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

शिक्षक महामसंघको धर्ना कार्यक्रममा प्रहरीको हस्तक्षेपत

admin

विगत लामो समयदेखि ३४ बुँदे माग राख्दै आन्दोलनमा रहेको नेपाल शिक्षक महामसंघको धर्ना कार्यक्रममा प्रहरीले हस्तक्षेपत गरेको छ ।

नेपाल शिक्षक महासंघले शुरु गरेको चौथो चरणको कार्यक्रम अन्तर्गत बालुवाटारमा प्रदर्शन गर्न हिडेका शिक्षकहरुलाई हाडिगाउँ क्षेत्रमा बाटोबाटै पक्राउ गरिएको हो ।

महासंघको चरणबद्ध आन्दोलन अनुसार शुक्रबार बालुवाटारमा धर्ना दिन जाने कार्यक्रम रहेको छ । वागमती प्रदेश भित्रका शिक्षकहरु गाडीबाट काठमाडौं आएर प्रधानमन्त्री निवास वालुवाटारमा धर्ना जाने तयारी शिक्षकहरुले गरेको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदी जानकारी दिनुभयो ।

काठमाडौं, भक्तपुर, ललितपुिर, काभ्रे, धादिङ, नुवाकोटका एक हजार शिक्षकको उपस्थितिमा बालुवाटारमा धर्ना दिन जाँदै गरेका शिक्षकलाई उक्त स्थानमा पुग्नु अगावै बाटैबाट प्रहरीले हस्तक्षेपपूर्ण ढंगले नियन्त्रणमा लिएर महानगरीय ट्राफिक वृत्त हाँडीगाउँमा राखेको सुवेदीले जानकारी दिनुभयो ।

शिक्षकका माग सम्बोधन गर्नुको सट्टा निर्मतापूर्वक् ढंगले सरकारले दमन गरेको भन्दै आन्दोलनमा उपस्थित शिक्षकले प्रहरी हस्तक्षेपप्रति घोर भत्सर्ना गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको