Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग राजेन्द्र लिङ्देनसहित सातै जनालाई छाडियो राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड

सानिमा लाइफले भाेलिनै आईपीओ बाँडफाँड गर्ने भयो

admin

सानिमा लाइफ इन्स्योरेन्सको प्राथामिक शेयर भोलि शनिबार बिहान ११ बजे सानिमा लाइफ इन्स्योरेन्सको दरबारमार्ग स्थित बिजनेस कार्यालयमा बाँडफाँड हुँदैछ ।

कम्पनीले निष्काशन गरेको आइपीओमा योग्य आवेदक २३ लाख १३ हजार ५५६ जनामध्ये १७ लाख ६८ हजार १२२ जना आवेदकको हात खालि हुने भएको छ ।

कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म सार्वजनिक निष्काशन गरेको प्राथमिक शेयरमा २४ लाख १९ हजार ८४८ जनाले आवेदन दिएका थिए ।

उनिहरुले तीन करोड ६९ लाख ५१ हजार ८० कित्ताको लागि आवेदन दिएका थिए ।

विभिन्न कारणले एक लाख ६ हजार २९२ जनाको आवेदन रद्द भएको छ ।

त्यस्तै दोहोरो आवेदन दिने ५ हजार ४३४ जनाको पनि आवेदन रद्द भएको बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ ।

दुबै कारणले आवेदन रद्द हुनेको संख्या एक लाख ११ हजार ७२६ जना रहेका छन् ।

यस हिसाबले योग्य आवेदकको संख्या २३ लाख ८ हजार १२२ जना रहेको छ ।

उनिहरुले तीन करोड ४२ लाख ५ हजार २० कित्ताको लागि आवेदन दिएका थिए ।

कम्पनीले सर्वसाधारणका लागि ५४ लाख कित्ता शेयर शेयर बिक्री खुला गरेको थियो ।

धितोपत्र बाँडफाँड निर्देशिका अनुसार ५ लाख ५० हजारले १०/१० कित्ताका दरले प्राथमिक शेयर प्राप्त गर्न सक्ने छन् ।

सर्वसाधारण समुह तर्फको ६ लाख कित्ता मध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत म्युचुअल फण्डका लागि बाँडफाँड गरिएको छ ।

कर्मचारीहरुले तीन लाख कित्ता र म्युचुअल फण्डले तीन लाख कित्ता शेयर प्राप्त गरेका हुन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको