Logo
22 Apr 2025    ९ बैशाख २०८२, मंगलवार

ताजा खबर

प्लाष्टिकजन्य फोहर नबाल्न काठमाडौं महानगरको आग्रह प्रख्यात दार्शनिक, वेदान्त विद्वान तथा लेखक आचार्य प्रशान्त भोपालमा मञ्जु थापा र सागर आलेको स्वरमा ‘सोल्टिनी तिम्रै माया लाग्छ’(भिडियो) नेपाल आइपुगे विश्वकप विजेता रोबर्टो कार्लोस कक्षा १२ को परीक्षा नसर्ने खुम्बुमा एकै दिन सात सय पर्यटकको आगमन

नेपाली कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा दिए

admin

नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले राजीनामा दिएका छन् ।

महाधिवेशनको मिति समेत घोषणा भइसकेको अवस्थामा २२ जना केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा दिएको केन्द्रीय सदस्य कल्याण गुरुङले पुष्टि गरे ।

सबै तहका सभापतिहरुलाई महाधिवेशनमा उम्मेदवार हुनका लागि बुथबाट निर्वाचित हुनुपर्ने व्यवस्था हटाउन माग गर्दै राजीनामा दिएका केन्द्रीय सदस्य किरण पौडेलले जानकारी दिए ।

उनले अरु केन्द्रीय सदस्यहरुलाई बुथबाट निर्वाचित हुननपर्ने व्यवस्था रहेको भएपनि आमन्त्रीत केन्द्रीय सदस्यहरुलाई विभेद गरिएकाले राजीनामा दिएको उनले बताए ।

उनले भने,‘निर्वाचित केन्द्रीय सदस्यहरु जस्तै सबै जिल्ला सभापतिसहित हामीलाई पनि अधिकार दिन माग गर्दै राजीनामा दिएका हौं ।’

कांग्रेस केन्द्रीय समितिको बैठक अहिले पनि जारी छ । कांग्रेसको विधानअनुसार आमन्त्रित केन्द्रीय सदस्यहरुलाई मतदानको अधिकार दिइएको छैन । त्यस्तै उनीहरु समेत बुथबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको