Logo
22 Jan 2025    ९ माघ २०८१, बुधबार

ताजा खबर

साढे चार अर्ब फिर्ता गरिदिन माग गर्दै महानगरमा सहकारी बचतकर्ताको निवेदन अष्ट्रेलियासँग पराजित हुँदै नेपाल विश्वकपबाट बाहिरियो सुनको भाउ एकै दिन १९ सयले बढ्यो सञ्चारकर्मी तथा गीतकार गीताको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण टर्कीमा भएकाे आगलागीमा मृत्यु हुनेकाे संख्या ७६ पुग्याे संसदको हिउँदे अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

फेसबुक ग्रुपबाट हटाएको कारण साथीकै हत्या

admin

एक महिना अघि कुटपिटबाट मृत्यु भएका नुवाकोट सूर्यगढी गाउँपालिकाका १६ वर्षीय कुमार सूचीकारको उनकै साथीको कुटपिटबाट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीले घटनामा संलग्न केहीलाई पक्राउ गरेपछि यो रहस्य सार्वजनिक भएको हो। बालाजु फूलबारीमा अचेत अवस्थामा माघ २७ गते नालीमा फेला परेका सूचीकारको उपचारका क्रममा गत माघ २९ गते ट्रमा सेन्टरमा मृत्यु भएको थियो। तर, सूचीकारको परिवारबाट सोमबार मात्र सनाखत (पहिचान) भएको हो।

महानगरीय प्रहरी वृत्त बालालुले घटनामा संलग्न भएको आशंकामा नौ जनालाई पक्राउ गरेको छ। फेसबुक ग्रुपबाट हटाएको निउँमा सूचीकारलाई उनकै साथीले कुटपिटगरी हत्या गरेको जानकारी बालाजु वृत्तका प्रमुख डीएसपी विश्वराज खड्काले दिए। गोंगबुस्थित गणेश हिमाल बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत सूचीकारलाई कुटपिट गरेको आरोपमा प्रहरीले तार्केश्वर नगरपालिका समिर मर्हजन, सोही ठाँउका सुजन महर्जन, विशाल पुतुवार, विक्की पुतुवार, दिनेश नगरकोटी, निर्मल मर्हजन, नुवाकोटका आई सिंह तामाङ, सोलखुम्बुका राजन मगर र दोलखाका पेमा गेल्जे शेर्पालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार सूचीकार लगायतका साथीले ‘गुहेश्वरी’ नामको फेसबुक ग्रुप बनाएका थिए। वृत्तका प्रमुख डीएसपी खड्काले भने,‘प्रहरीको प्रारम्भीक अनुसन्धानमा सूचीकारले आफूले बनाएको ग्रुपबाट साथीहलाई हटाएपछिको विवादमा उनीमाथि कुटपिट भएको र उनी अचेत भएपछि साथीहरु भागेको पाइएको छ।’ फेसबुक ग्रुपमै रहेकी एक युवतीले बोलाएपछि सूचीकार फूलबारी पुगेका थिए। पक्राउ परेकाले प्रहरीमा बयान दिए अनुसार सूचीकारले नसोधी ग्रुपबाट हटाएपछि उनीमाथि कुटपिट गरिएको थियो। सूचीकार अचेत भएपछि उनलाई नालीमा फालेर साथीहरु भागेका थिए।

‘सूचीकारको पहिला परिचय नै खुलेन। हामीले प्रहरीकै फेसबुक पेजमा समेत उनको फोटो राख्यौं। मृतकको आफन्त र परिचय नखुलेपछि शवको जाँच मुचुल्का गरेर फोरेन्सिक मेडिसिन विभाग टिचिङमा पोष्टमार्टम गरी शवघरमा सुरक्षित राखेका थियौं,’ डीएसपी खड्काले भने,‘ सोमबार मात्रै आमा ९राधिका० छोरा हरायो भन्दै आएपछि शवको फोटो देखाएपछि कुमार छोरा भएको पुष्टि गरिन्।’ प्रहरीले सूचीकारले प्रयोग गर्ने मोबाईल र सीमकाट विक्की पुतुवारबाट फेला पारेपछि अनुसन्धान गरी थप व्यक्ति पक्राउ गरेको हो


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको