Logo
25 Apr 2025    १२ बैशाख २०८२, शुक्रबार

ताजा खबर

प्रधानमन्त्रीले गर्ने सम्बोधन स्थगित वैशाख १५ गते काठमाडौंमा प्रदर्शन गर्दै राप्रपा नेपाल आज वैशाख १२, विनाशकारी भूकम्पको एक दशक पूरा लोकतान्त्रिक यातायात व्यवसायी संघको सर्वसम्मत नयाँ कार्यसमिति चयन ‘तिमी नै छौ यो मनमा’ भन्दै दीपेन्द्र अधिकारी(भिडियो) त्रि-राष्ट्रिय अन्तर्राष्ट्रिय डजबल च्याम्पियनशिप : राष्ट्रिय पुरुष टिम भारतको कर्नाटकमा

अफगान राष्ट्रपतिद्वारा देशमा अस्थिरता रोक्ने अठोट

admin

अफगानिस्तनाका राष्ट्रपति मोहम्मद असरफ घानीले देशमा अहिले तालिवान समूहले गतिविधि तीब्र पारेको भएपनि यसलाई छिट्टै रोकिने बताएका छन् ।

अफगानिस्तानको आधाभन्दा बढी प्रान्तका राजधानी तालिवान समूहले नियन्त्रणमा लिएको सार्वजनिक भएसँगै उनले द्वन्द्वग्रस्त आफ्नो मुलुकमा राजनीतिक अस्थिरता रोक्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

“अफगानिस्तानको सुरक्षा फौजले देशको रक्षा गरेको र सेनाबीच सद्भाव सुनिश्चित गर्नु मेरो प्राथमिकता हुनेछ,” घानीले राष्ट्रका नाममा गरेको आफ्नो छोटो टेलिभिजन सम्बोधनमा भने ।

सम्बोधनमा उनले अफगानिस्तानमा थप अस्थिरता हुन नदिने बताए । उनले भने, “अफगानिस्तानीहरूले युद्धका कारण दुःख पाइरहेका छन् र अफगानिस्तानका जनताको थप कष्ट रोक्न म तपाईंहरुलाई विश्वास दिलाउँछु र यो मेरो ऐतिहासिक जिम्मेवारी हो ।”

राष्ट्रपति घानीले ‘अफगानिस्तानका जनता, राजनीतिक दल तथा तीनका नेता र अन्तर्राष्ट्रिय मित्रहरूसँग परामर्श’ सुरु गरेको र परिणाम चाँडै आउने पनि बताए । तालिबान विद्रोहीहरुले देशका ३४ प्रान्तका १९ वटा प्रान्तीय राजधानीहरु कब्जामा लिएको दावी गरेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको