Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

गाली गरेको निहुंमा बालिकाको बलात्कार पछि हत्या

admin

रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा गाली गरेको भन्दै नाबालिकालाई बलात्कार गरी हत्या गरेको अभियोगमा एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देही जिल्ला कोटहीमाई गाउँपालिका–३ का २१ वर्षीय सन्दिप कुमार धोबी रहेका छन् ।

गत माघ २२ गते मर्चवार क्षेत्रको कोटहीमाई गापा–३ की १२ वर्षीया बालिका आफ्नो खेतमा घाँस काट्न गएको अवस्थामा धोबीले उनलाई नियन्त्रणमा लिएर बलात्कार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता डिल्लीनारायण पाण्डेले बताए ।

घाँस काट्न गएकी हरिजन अबेरसम्म घर नफर्किएपछि उनको परिवारले खोजतलास गर्दै जादाँ आफ्नै खेतसँग जोडिएको खेतबारीमा आफैले लगाएको चुन्नी घाँटीमा कसिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

प्रहरीलाई घटना शंकास्पद लागेर घटनाको अनुसन्धान गर्दै जाँदा धोबीले हरिजनको बलात्कार गरी हरिजनकै चुन्नीले घाँटी कसेर हत्या गरेको अनुसन्धानबाट खुलेको डिएसपी पाण्डेले बताए ।

हरिजन घाँस काटिरहेको अवस्थामा उनका अन्य साथीहरु पनि सँगै थिए । तर अन्य साथीहरु घर गएपछि हरिजन एक्लै रहेको अवस्थामा धोबीले बलात्कार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसन्धान अधिकृत एवम् प्रहरी निरीक्षक उमेश जोशीले बताए ।

पक्राउ परेका धोबीले हरिजनले आफुलाई गाली गरेको बताउँदै त्यसपछि नियन्त्रणमा लिएर योनीमा औँला हाल्दा रगताम्य भएपछि उनकै चुन्नीले घाँटी कसेर हत्या गरेको प्रहरीलाई बयान दिएको उनले बताए । कानुनतः योनीमा औलाँ हाल्नु पनि बलात्कार ठहरिन्छ ।

पक्राउ परेका धोबीविरुद्ध जिल्ला अदालत रुपन्देहीमा जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको