Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड सारिका घिमिरेको स्वरमा ‘दुरि अलि बढेकै हो.. थोरै घटाइदेउ’ (भिडियो) शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार डराउनु पर्दैन : अध्यक्ष राजेन्द्र लिङ्देन

देश छाडेका अफगानी राष्ट्रपतिले लेखेको भावुक पत्र

admin

अफगानिस्तानका अपदस्थ राष्ट्रपति अशरफ गनीले राजधानी काबुलमा तालिबानले कब्जा गरेपछि देश छाडेका छन् । केही रिपोर्टमा उनी ओमानमा अमेरिकी एयरबेसमा पुगेको र अब अमेरिका जान सक्ने बताइएको छ । अल जजीराले भने उनी उज्वेकिस्तानको राजधानी तास्कन्द पुगेको भनेको छ ।

देश छाडेका कारण भइरहेको आलोचनाको बीचमा अशरफ गनीले सामाजिक संजालमार्फत सफाइ पेश गरेका छन् । उनले लेखेका छन् ‘आज मेरो अगाडि कठिन विकल्प छ । मैले कठिन फैसला लिनुपर्यो । म तालिबानको अगाडि अडिग भएर उभिनुपर्थ्यो । मैले २० वर्षदेखि आफ्नो जीवन यहाँका जनतालाई बचाउनमा बिताएको छु । मैले यदि देश नछोडेको भए यहाँका जनताको लागि परिणाम निकै खराब हुन्थ्यो ।’

उनले अगाडि लेखेका छन् ‘तालिबानीहरुले मलाई हटाएका छन् । उनीहरु काबुलमा यहाँका जनतामाथि आक्रमण गर्नको लागि यहाँ आएका हुन् । तासिलबानीले हिंसाबाट लडाइँ जितेका छन् । अब उनीहरुको जिम्मेवारी हो कि उनीहरु अफगानिस्तानका जनताको रक्षा गरुन् । रक्तबातबाट बच्नको लागि म अफगानिस्तानबाट जानु नै सही लाग्यो ।’

तालिबानी कमाण्डरले अफगानिस्तानको राष्ट्रपति भवनमा कब्जा गरेको बताएका छन् । स्थानीय मिडियाका अनुसार तालिबानका डेप्युटी लिडर मुल्ला बरादरले आफूहरु यसरी फर्किनेछन् भन्ने अपेक्षा नगरेको बताएका छन् । उनले अब आफूहरुले कसरी अफगानी जनताको हितको रक्षा गछृन् भन्ने कुराले आफ्नो परीक्षण हुने बताए । टोलो न्युजका अनुसार तालिबानी प्रवक्ता जबीहुल्ला मुजाहिदले लुटपाट र अराजकता रोक्न सुरक्षा बलले छाडेका काबुलका चौकी नियन्त्रण गर्ने बताएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको