Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड सारिका घिमिरेको स्वरमा ‘दुरि अलि बढेकै हो.. थोरै घटाइदेउ’ (भिडियो) शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार डराउनु पर्दैन : अध्यक्ष राजेन्द्र लिङ्देन

चिनियाँ कम्पनी होङ्सीले नेपालमा १३ अर्ब ३० करोड लगानी गर्ने

admin

चिनियाँ कम्पनी होङ्सीले गरेको प्रस्तावअनुसार वैधानिक रुपमा नेपालमा लगानी गर्ने बाटो खुल्ला भएको छ।

गत वर्ष होङ्सीले इन्भेष्टमेन्ट कम्पनीमार्फत १३ अर्ब ३० करोड रुपैयाँ दाङ सिमेन्टमा लगानी गर्ने प्रस्ताव गरेको थियो। त्यसलाई सरकारले अहिले वैधानिक बाटो निर्माण गरिदिएको हो।

मन्त्रिपरिषद्ले गत सोमबार गरेको निर्णयअनुसार राजपत्रमा प्रकाशित सूचनामा इन्भेष्टमेन्ट कम्पनीमार्फत नेपालमा लगानी गर्न सकिने व्यवस्था गरिएको छ।

गत वर्ष चिनियाँ कम्पनी होङ्सीले इन्भेष्टमेन्ट कम्पनीमार्फत सिमेन्ट उद्योगमा लगानी गर्ने प्रस्ताव गरेको थियो।

तर औद्योगिक व्यवसाय ऐनमा इन्भेष्टमेन्ट कम्पनीमार्फतको उद्योगलाई वर्गीकरण गरिएको थिएन। सोही कारण कम्पनीको उक्त लगानी स्वीकृत हुनसकेको थिएन।

इन्भेष्टमेन्ट कम्पनीमार्फत लगानी हुने उद्योगहरु ऐनमा वर्गीकरणको व्यवस्था नभएकोले उद्योग विभागले यो प्रस्तावलाई औद्योगिक प्रवर्द्धन बोर्ड बैठकमा पुर्याएको थियो।

बोर्ड बैठकले यस सम्बन्धमा एक समिति नै गठन गरेर नेपालमा इन्भेष्टमेन्ट कम्पनीको मोडालिटी तयार गरेको थियो। यसमा विभिन्न शर्तहरु राखिएको थियो।

गत फागुनमा बसेको २३४औँ बैठकमा औद्योगिक व्यवसाय ऐनमै प्रावधान राखेर नेपालमा विदेशी लगानी कम्पनी स्थापना गर्न दिन सकिने प्रस्ताव गरेको थियो।

लगानीको क्षेत्र समेत छुट्याइनुपर्ने मापदण्ड बनाई पेस गरेको थियो। सोही मापदण्ड गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पास गरेको हो।

जसमा औद्योगिक व्यवसाय ऐन २०७६ को अनुसूचीमा उल्लिखित लगानी कम्पनी स्थापना गर्दा पालना गर्नुपर्ने विषय तोकिएको छ।

उक्त विषयहरुमा उद्योगका रुपमा इन्भेष्टमेन्ट कम्पनी दर्ता गर्दा लगानी गरिने उद्योगको क्षेत्र तोकेर मात्र उद्योग दर्ता गर्नुपर्ने, विदेशी लगानीको इन्भेष्टमेन्ट कम्पनीले उद्योग दर्ता गर्दा लगानी गर्ने क्षेत्र तोकिनुपर्ने, त्यो लगानी नेपालमा मात्र हुनुपर्ने, विदेशी लगानीको इन्भेष्टमेन्ट कम्पनीले उद्योग दर्ता गर्दा सो कम्पनीको अन्तिम हिताधिकारी खोलेकोे विवरण  अनिवार्य संलग्न गराउनुपर्ने उल्लेख छ।

त्यसका साथै इन्भेष्टमेन्ट कम्पनी दर्ता गर्दा उद्योग गर्दा गर्ने निकायले प्रचलित कानुनमा तोकिएका अतिरिक्त शर्त तोक्नुपर्ने उल्लेख छ।

त्यसमा औद्योगिक व्यवसाय ऐनमा वर्गीकरण भएका उद्योग तथा विदेशी लगानी खुल्ला भएका उद्योगहरुमात्रै दर्ता गर्ने, इन्भेष्टमेन्ट कम्पनीले नेपालमा सेयर पुँजीको रुपमा मात्रै लगानी गर्न पाउने व्यवस्था उल्लेख भएको छ।

मन्त्रिपरिषद्ले निर्णय गरेर राजपत्रमा नै प्रकाशित भएपछि चिनियाँ कम्पनी होङ्सीले नेपालमा इन्भेष्टमेन्ट कम्पनी खोल्न पाउने भएको छ।

त्यसको लागि होङ्सीले उद्योग विभागमा पुनः आवेदन दिनुपर्ने उद्योग विभागका महानिर्देशक जीवलाल भुसाल बताए।

उनले भने, ‘अब कार्यान्वयनको हुन्छ। त्यसका लागि होङ्सीले इन्भेष्टमेन्ट कम्पनीमार्फतको लगानीको लागि आवेदन दिनुपर्ने हुन्छ।’

होङ्सी मात्रै नभएर चिनियाँ अरु कम्पनीले पनि नेपालमा इन्भेष्टमेन्ट कम्पनीमार्फतको लागि गर्न आवेदन दिइएको उनले जानकारी दिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको