Logo
15 Nov 2025    ३० कार्तिक २०८२, शनिबार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

साल्ट ट्रेडिङ्गले २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने

admin

साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्ना शेयरधनीलाई आ.व २०७३।७४ को मुनाफाबाट २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
कर्पोरेसनको ५१ औं साधारणसभाले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
कर्पोरेशनले गत आ.व.मा ८ अर्ब ५८ करोडको कारोबार गर्दै ७६ करोड ९३ लाख मुनाफा आर्जन गरेको थियो । यो कारोबार रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब ७५ करोड रुपैयाँ बढी हो ।
कर्पोरेशनले उपभोक्तालाई सर्वसुलभ रूपमा खाद्यान्न र नुन,चिनी तथा ग्यास सहित विभिन्न प्रकारका मलखादको बिक्री वितरण गर्दै आएको छ ।
पेट्रोल पम्पसमेत सञ्चालनको तयारी गरिरहेको कर्पोरेशनले काठमाडौं लगायत शहरको मुख्य स्थानमा पेट्रोलियम पदार्थको कारोबारका लागि पम्प सञ्चालन, तोरीको तेल तथा उखु उत्पादनमा लगानी गर्ने जानकारी कर्पोरेसनले दिएको छ । कर्पोरेसनकी महाप्रबन्धक उर्मिला श्रेष्ठले कर्पोरेसनको पुँजी वृद्धि, पेट्रोलियम पदार्थको कारोबार तथा उखु उत्पादनमा लगानी गर्ने बताइन । पम्प सञ्चालन गर्न ढिला भएको विषयमा सम्पूर्ण तयारी भए पनि नेपाल आयल निगमबाट अनुमति दिन ढिलाइ भएकोले थप काम अगाडि बढाउन नसकिएको उनको भनाइ रहेको थियो ।
कर्पोरेसनले आयोडिनयुक्त नुनको शतप्रतिशत पहुँचलाई उच्चप्राथमिता दिएको जनाएको छ ।
सर्वेक्षणअनुसार मुलुकका पाँच वर्षमुनिका ९४ प्रतिशत बालबालिकाले आयोडिन नुनको प्रयोग गर्छन् ।
कर्पोरेसनले चालू आवको माघ मसान्तसम्म ६ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार गरेको थियो । गत वर्षको सोही अवधिमा ५ अर्ब ४१ करोडको कारोबार भएको थियो । चालू आवमा कर्पोरेसनले १० अर्ब रुपैयाँ बराबरको करोवार गर्ने लक्ष्य राखेको छ । कर्पोरेसनले सरकारको अनुदानमा चालू आवमा बिक्री वितरणका लागि ५७ हजार मेट्रिक टन युरिया र २२ हजार टन डिएपी मल आयात भइसकेको जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको