Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड सारिका घिमिरेको स्वरमा ‘दुरि अलि बढेकै हो.. थोरै घटाइदेउ’ (भिडियो) शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार डराउनु पर्दैन : अध्यक्ष राजेन्द्र लिङ्देन

लुम्बिनीको पर्यटनलाई लक्षित गरी भैरहवामा होटल सन स्टार ईन्टरनेशनल संचालनमा

admin

भैरहवा । लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी भैरहवामा होटल सनस्टार ईन्टरनेश्नल संचालनमा आएको छ । सिद्धार्थनगर ८ लुम्बिनी रोडबाट बसडिलवा जाने चोकमा सम्पुर्ण होटल हस्पिटालिटीसहित होटल सनस्टार ईन्टरनेश्नलले लकडाउनकै बीचमा आफ्नो निर्माण कार्य सम्पन्न गरी सेवा संचालनमा ल्याएको हो ।

गुल्मी जिल्ला स्थायी घर भई जापानमा करीब ७ वर्ष रेष्टुरेण्ट संचालन गरी लामो अनुभव संगालेका व्यवसायी राजेश महोत्राको एकल लगानीमा होटल सनस्टार संचालनमा ल्याईएको हो । तिन करोडको लागतमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी उच्चस्तरीय सेवा दिने उद्देश्यले होटल संचालनमा ल्याईएको संचालक महोत्राले बताए । उनका अनुसार लुम्बिनी गेटभन्दा पश्चिम, बसडिलवा मन्दिर जानेबाटोको चोकमा विशाल पार्किङ्ग सहितको होटल संचालनमा ल्याईएको हो ।

होटलमा डिलक्स, स्वीट सहितका सुविधायुक्त २२ वटा रुम, ४० जना अट्ने सभाहलको व्यवस्था रहेको छ । खुल्ला स्थान र प्रत्येक रुममा बालकोनी रहेका छन् । यस्तै होटलमा टिपिकल नेपाली खाना, थाली सेट, थकाली स्वाद, ईण्डियन, चाईनिज, कन्टिनेन्टल खानाका परिकारहरु उपलब्ध गराईने होटलका म्यानेजर सागर भण्डारीले बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको