Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड सारिका घिमिरेको स्वरमा ‘दुरि अलि बढेकै हो.. थोरै घटाइदेउ’ (भिडियो) शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार डराउनु पर्दैन : अध्यक्ष राजेन्द्र लिङ्देन

एमाले फुटाउने निर्णय देउवालाई महंगो पर्ने छ: ओलीको चेतावनी

admin

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी फुटाउने गरी नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको अध्यादेशको चर्को विरोध गरेका छन्।

संसद भवन नयाँ बानेश्वरमा सुरु भएको संसदीय दलको बैठकलाई सम्बोधनका क्रममा ओलीले प्रधानमन्त्री देउवाले कांग्रेस र एमालेबीचको समझदारीको राजनीति पनि अन्त्य गरेको आरोप लगाए।

‘अहिले नेकपा एमाले फुटाउन जुन क्रियाकलाप गर्दैछन्, त्यसमा खेद छ’, उनले भने, ‘लोकतन्त्रका लागि एकसाथ लडेर आएका हुन् एमाले र कांग्रेस। हामीबीच प्रतिस्पर्धा छ तर लोकतन्त्र जोगाउने समझदारी थियो।’

उनले देउवा नेतृत्वको पाँच दलीय गठबन्धन सरकारलाई टालाटुली बटुलीको संज्ञा पनि दिएका छन्। ‘यो गठबन्धन टालाटुलीबटुली कति राम्री पुतली जस्तै हो’, उनले भने, ‘विभिन्न खालका टालाटुलीहरु भेला भएर बनेको यो सरकारको पृष्ठभूमिबारे मैले धेरै भन्नै पर्दैन।’

‌ओलीले देउवा नेतृत्वको यो सरकारसँग कुनै अपेक्षा नरहेको पनि बताए। ‘यो सरकारसँग केही अपेक्षा गर्न सकिँदैन’, उनले भने, ‘हाम्रो पार्टी फुटाउन जुन जुन शक्ति लागेका छन्। कांग्रेसको नेतृत्वमा एमाले फुटाउन गरिएको कार्य महंगो पर्नेछ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको