Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

मन्त्रालय मर्ज पछि संचालनमा अन्योल

admin

मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्दा र नयाँ सांगठनिक संरचना नबन्दा मन्त्रालय सञ्चालनमा अलमल देखिएको  छ ।

सरकारले मन्त्रालयको संख्या ३० बाट घटाएर १७ बनाए पनि नयाँ संरचनाअनुसार मन्त्रालयमा मन्त्री नतोकिँदा अलमल देखिएको हो । मर्ज भएर बनेका मन्त्रालयमा मन्त्री नतोकिँदा अलमल देखिएको हो ।

मर्ज भएर बनेका मन्त्रालयको सांगठानिक संरचना नबन्दा समेत अन्योल थपिएको छ । मर्जका कारण एउटै मन्त्रालयमा तीन जनासम्म सचिव छन् ।

तर मन्त्रालयको सांगठानिक संरचना तय नहुँदा विभाग, महाशाखा, शाखा के कति रहने भन्ने नै टुंगो नभएकाले काम थाल्न समस्या परेको मन्त्रालयका सचिवहरु बताउँछन् ।

नयाँ सरकारगठन भएसँगै संविधानको प्रावधानअनुसार सकारले मन्त्रालयको संख्या तीसबाट घटाएर १७ बनाएको थियो ।

एमाले र माओवादीले मन्त्री कसलाई बनाउने भन्ने टुंग्याउन नसकेको र संघीय समाजवादी फोरमसँग सरकारमा सहभागिता विषयमा छलफल चलिरहेका कारण मन्त्री नियुक्तिमा ढिलाई भएको हो ।

हाल प्रधानन्त्रीले ६ मन्त्री मात्रै नियुक्त गरेका छन् । यी मन्त्री संरचना पुरानै रहेका मन्त्रालयमा नियुक्त भएका हुन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको